ओझेल भित्रका सचेतना अभियान

समाचार

SOCIAL PIXEL

पर्यटन

विश्व सुख शान्ति बौद्ध विहारको शान तिलोत्तमा नगरको पहिचान

 चन्द्रा थापा मगर

पाल्पा जिल्ला वगनासकाली गाउँपालिकाको यम्घामा पर्ने दाङ्गसिंघा गाउँ अति मनोरम दृश्यले भरिपूर्ण छ ।  यो गाउँमा घुम्न आउने जो कोही व्यक्तिको पनि मन लोभिनु स्वभाविकै हो ।  पाल्पामा विभिन्न पर्यटकीय सम्भावना बोकेको ठाउँ र थुप्रै पर्यटकीय स्थलहरु भएकोले मैले कपीमा कोरेर परिचित गराइरहनु पर्दैन जिल्लाको नामै काफी छ र  पाल्पा आफैमा प्रसिद्ध एवम् परिचित जिल्ला हो । त्यसकारण मैले पाल्पा वगनासकाली वडा न.६ को दाङ्गसिंघा गाउँलाई मात्र समेटी कपीको पानामा  उतार्ने प्रयास गरेको छु । तानसेनको बर्तुङबाट चिलाङदी हँुदै मोटर बाटोको उकालो लागेपछि गोपालदी,बराङदी ,लिधिनडाँडा, चापपानी, गेजा, दरुंगाडाँडा,चुनरडाँडा हँुदै दाङ्गसिंघा गाउँ पुगिन्छ । यो गाँउमा थोरै पक्कीबाटो भए पनि धेरै कच्ची बाटाहरु रहेका छन् । त्यहाँ लगभग ६०/६५ घर धुरी भएकोले ९५ प्रतिशत मगरहरुको बाहुल्यता रहेको बस्ती हो । त्यहाँका  बालबालिकाहरुले पढ्ने कक्षा ४ सम्मको कानुङ प्राथमिक विद्यालय रहेको हुनाले विद्यालयमा अध्यापन गराउने ४ जना शिक्षिका मध्ये प्रधानध्यापक पनि शिक्षिका लिला बराल मगर नै रहेकी छिन् । यो गाउँका अधिकांश मगरहरु मगरभाषा  बोल्नेहुँदा  त्यहाँको वनपाखा बस्तीहरुको नाम पनि मगरभाषा मै रहेको पाइन्छ जस्तैः चिलाङदी, बराङदी, लिधिन डाँडा, गेजा, दरुंगाडाँडा, दाङ्गसिंघा जस्ता थुप्रै ठाउँको नाम लगायत स्कुुलको नाम पनि कानुङ  प्रा.वि. नै रहेको छ ।  त्यो गाउँको  व्यक्तिहरुको मुख्य पेशा कृषि नै भएकोले उत्पादन मकै, कोदो, फापर, पिँडालु, बेसार लगायत विशेष गरी अदुवा खेतीबाट बढी आम्दानी गरेको पाइन्छ ।  त्यहाँका किसानहरु मिलेर बर्षेनी लगभग ८/१० लाखको अदुवा विक्री गर्ने गरेको स्थानीय बासिन्दा एवम् शिक्षक खिम बहादुर कवँरले बताए । 

दाङ्गसिंघा गाउँमा पुरानो पुस्ताका दुई चार जना व्यक्तिहरु भारतीय सेनामा लाहुरे  थिए भने अहिलेका युवाहरु बैदेशिक रोजगारीमा गएका छन् । २०४२  साल तिर केही प्रोजेक्टहरुले खानेपानीको व्यवस्था गरिदिए पनि सफल हुन सकेन त्यसकारण ५४/५५ साल तिर फिनल्याण्ड प्रोजेक्टबाट खानेपानी ल्याए पनि त्यहाँका नागरिकहरुलाई पानीको समस्या अहिले पनि ज्यूँका त्यूँ छ । अरु गाउँमा एकघर एक धारा छ भने त्यहाँका  गाउँलेहरु एक घर एक गाग्रो पानी पालैपालो भर्ने गर्दछन् ।  त्यहाँका स्थानीय शिक्षक खिम बहादुर कवँरले खानेपानीको लागि उपभोत्ता समितिको अध्यक्षसँग कुुरा गर्दै आएकोले पानीको समस्या समाधान भयो भने दाङ्गसिंघा गाउँमा होमस्टे सञ्चालन गर्ने सोँच बनाएका छन् । गाउँदेखि माथि डाँडामा समथर परेको भाग छ त्यहाँ कालीगण्डकीबाट ल्याउँन लागिएको  पानी ट्याङ्की, नेपाल टेलिकमको टावर राखिएको रहेछ । त्यहाँबाट  चारै तर्फ विभिन्न जिल्लाहरु र हिमालका मनोरम दृश्यहरु सजिलै नियाल्न सकिन्छ । जस्तै पाल्पा जिल्लाको विभिन्न भाग, गुल्मी, पर्वत, स्याङजाको प्रकृतिसँग  रमाउँँँन र प्रकृतिलाई नजिकबाट नियाल्न चाहाने पर्यटहरुका लागि दाङ्गसिंघा गाउँ निकै उत्कृष्ट मानिन्छ । योे जिल्लाको विभिन्न ठाउँहरु ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले आफैमा भरिपूर्ण छ ।  पाल्पाको विभिन्न ठाउँमा घुम्न  आउने पर्यटकहरुलाई दाङ्गसिंघा गाउँमा पनि पर्यटकको रुपमा भिœयाउँन सकियो भने त्यहाँका नागरिकहरुको जीवनस्तरमा आर्थिक उन्नतीले ठूलो टेवा पुग्न सक्ने स्थानीयवासीहरुको एकमत रहेकोछ । गाउँमा होमस्टे सञ्चालन गरेर आफ्नै गाउँमा उत्पादन भएका खाद्य तथा अन्य वस्तुहरुलाई प्रयोगमा ल्याई गाउँमै खपत गर्ने सोँच लिएका छन् शिक्षक खिम बहादुर कवँरले । कृषिमा आधारित गाउँलेहरुलाई कृषि एवम् सास्कृतिक पर्यटनसँग जोडेर माथि उठाउँन सकिने कुरा पनि कवँरले जानकारी दिए ।  होमस्टेमा आउँने पर्यटकहरुका लागि कालीगण्डकीबाट पानी ल्याइ सुइमिङपुल र बोटिङ्गको व्यवस्था गर्नुका साथै पाल्पा जिल्लाको विभिन्न पर्यटकीय स्थलहरु रानीमहल, कालीगण्डकी पावर हाउस,आलमदेवी लगायत यस्ता थुप्रै पर्यटकीय स्थलहरुका लागि टुर प्याकेजमा लाने सोँच शिक्षक खिम बहादुर कवँरले गरेका छन् । मगर मौलिक संस्कृति तथा सम्पदाले उत्कृष्ट मानिने पाल्पा जिल्लामा स्वदेशी तथा विदेशी पर्यटकीयहरुको आगमन गराउन सकियो भने यो दाङ्गसिंघा गाउँले समृद्धिमा फड्को मार्न सक्ने सम्भावना  रहेको देखिन्छ ।   

चन्द्रा थापा मगर

दाङको घोराही बजारदेखि उत्तर पट्टि लगभग ३ किलोमिटरको दुरीमा पर्ने बौद्धको नमः छु गुम्बा घोराही बासीहरुका लागि शान्तिको अनुभुति गर्न सकिने पहिलो  गन्तव्य स्थान बनेको छ  । यो गुम्बा बौद्ध धर्मालम्बीहरुको लागि मात्र नभएर सबै धर्म सम्प्रदायका व्यक्तिहरु पर्यटकका रुपमा आउने मुख्य ठाउँ हो । बुद्धलाई शान्तिको प्रतिकका रुपमा लिइने हदाँ घोराही आउने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षणको केन्द्रविन्दु बनेको छ यो गुम्बा ।  समुन्द्री सतहदेखि केहि उचाईमा पर्ने यस गुुम्बाको अर्काे विशेषता भनेको ६१ फिट अग्लो भ्यु टावर राखिएको हुँदा त्यसबाट घोराही बजार र त्यहाँ वरपरका रमाईला दृश्यहरु राम्रोसँग अवलोकन गर्न सकिन्छ । घोराही उपमहानगर पालिका १८ मयुर डाँडामा पन्ध्र कठ्ठा क्षेत्रफलमा निर्माण  गरिएको गुम्बा घोराहीका मगर संघले २०५८ सालमा स्थापना गरेका हुन् ।  अहिले मानिसहरु खाना र नानाको खोजीमा मात्र छैन आत्म सम्मानको खोजीमा पनि छन् त्यो हो धर्म,त्यसकारण हामी हिन्दु धर्ममा अल्मली रहँदा हाम्रो भाषा, धर्म, संस्कृति भुल्दै जाने आंशकामा आफ्नो भाषा धर्मलाई जर्गेना गर्नु पर्छ भन्ने उद्देश्यले यो गुम्बा स्थापना गरेको बताए  गुम्बाका अध्यक्ष सत बहादुर रोका मगर ।  केही वर्ष पहिलेबाट नेपालमा धर्म सम्बन्धि विवाद भइ रहेको छ । यद्यपी नेपाल हिन्दु राष्ट्र होइन धर्म निरपेक्षता हुनु पर्छ भन्ने टिका टिप्पणी भइ रहदाँ त्यहाँका मगर संघले हामी आदिबासी जनजातिहरु बौद्धिष्ट हौ भन्ने हाम्रो इतिहासले छर्लङ्ग बताइ रहेको छ भने हामीले बुद्ध धर्म मान्न किन कन्जुसाइ गर्ने भन्ने मनस्थितिका साथ स्थापना गरिएको गुम्बा अहिले घोराही उपमहानगरपालिका बासीका लागि गहनाको रुपमा स्थापित भएको छ ।  काठमाडौको स्वयम्भुलाई झै गुम्बालाई विचमा राखेर चौतर्फी मोटर बाटो खोलिएको छ । त्यहाँ आउने बौद्ध दर्शनार्थी र पर्यटकहरुले केही समय स्वर्गको अनुभुति गर्न पाइने हँदा अहिले गुम्बामा आएर रमाउनेहरुको संख्या ह्वात्तै बढेको छ । गुम्बा भित्र बुद्धका रङ्गीचङ्गी झण्डाहरु चारै तर्फ हावाको झोक्काले हानेर फर्फराइरहेको देख्दा पर्यटकहरु केही समय हावाको वहेलीसँग रमाएका हुन्छन् ।  पर्यटक लोभ्याउने विशेषता प्युठान राम राजाका मनिराम पुनले कतारबाट ल्याएको १७ फिट अग्लो बुद्धको मुर्ति गुम्बा भित्र सजाइएको छ भने काठमाडौका एकजना नेवार समुदायले लगभग १५÷२० लाख पर्ने सुनको जलप लगाएको अग्लेश्वरी बुद्धको मुर्ति गुम्बामा राखिएको हुँदा गुम्बामा आउने पर्यटकहरु निकै आकर्षक मानेर हेर्ने गरेको देखिन्छ । यसै गरी घोराही १४ का गुम्बा व्यवस्थापक समितिको पूर्व कोषाध्यक्ष स्व. लाख बुढा मगरको स्मृति दिवसमा उनका छोराहरुले स्टुपा भित्र १६ लाख पर्ने मानी राखिदिएको हुनाले गुम्बा भित्र अवलोकन गर्ने पर्यटक र दर्शनार्थीहरुको नजर सिधै स्टुपा भित्र पुगेको हुन्छ । गुम्बाको अर्काे विशेषता भनेको मनदिल पुन  भ्यू टावर राखिएको छ । यो भ्यू टावर डेक्स क्षेत्रफल २३५ स्क्वायर फिट र फाउन्डेसन क्षेत्रफल २४० स्क्वायर फिट रहेको छ भने यसको उचाइ ६१ फिट रहेको छ । टावरको भार आयतन १.५  टन रहेको हुँदा एक पटकमा १२ जना सम्म अवलोकन गर्न सक्ने गुम्बा व्यवस्थापन समितिका अध्यक्ष सत बहादुर रोका मगरले बताएँ । यो टावर घोराही उपमहानगरपालिका १४ ढोडेनी निवासी समाजसेवी तथा गुम्बाको सल्लाहकार अनरेरी क्या.श्री मन बहादुर पुन र श्रीमती दिलमाया पुन परिवारले रु. चालिस लाख बराबरको लगानीमा निर्माण गरिएको हँुदा मनदिल पुन भ्यू टावर नामाकरण  गरिएको छ । भ्यू टावर निर्माण गर्ने मन बहादुर पुन अहिले हामी माझ नरहे पनि घोराही बासीलाई सधै सम्झनयोग्य छाप छोडेर यस धर्तिबाट विदा हुनु भएको कुरा गुम्बाका अध्यक्षले जानकारी दिए । अहिले  गुम्बाको मुख्य आकर्षणको केन्द्र विन्दु भ्यू टावर नै भएकोले  गुुम्बामा भगवान बुद्धको दर्शन गर्ने लगायत ६१ फिट अग्लो भ्यू टावरबाट घोराही बजारकने मनोरम दृश्यहरु मज्जा लिएर स्वर्गको अनुभुति गर्ने विदेशी तथा स्वदेशी पर्यटकहरुको संख्या दिनानुदिन बढ्दै गएको छ । यद्यपि गुम्बा र भ्यू टावरबाट घोराही बजार अवलोकन गरेर त्यहाँ अन्य प्राकृतिक सौन्दर्यसँग रमाउन पाउँदा मन नै आनन्दित भएको बताउँछन् पर्यटकहरु । 

गुम्बा अवलोक गर्नलाई नेपालका विभिन्न जिल्लाबाट बाँके, बर्दिया, कंचनपुर, रुकुम, रोल्पा, प्युठान, कपिलवस्तु, नवलपरासी, चितवन लगायत बेलाबेला विदेशी पर्यटक पनि आउने गरेका छन् ।  यद्यपि भगवान बुद्धको नियम अनुसार बेलाबेला गुम्बामा पाठपूजा हुने हुँदा झापाबाट भक्तबहादुर तामाङ गुरुलाई लिएर राखिएको छ । यस गुम्बालाई  पश्चिमाञ्चल क्षेत्रको बौद्ध धर्म नमूना केन्द्र बनाई धार्मिक पर्यटन विकासको रुपमा लैजान सकियो भने लुम्बिनीमा बुद्धको दर्शन गर्न आउने विदेशी पर्यटकहरुलाई सजिलै गुम्बामा आगमन गराउन सकिन्छ भन्ने गुम्बा व्यवस्थापन समितिले आंकलन गरेका छन् ।  

विदेश

किन हिंस्रक भीडन्तमा परिणत भयो भारत–चीन सीमा विवाद ?

 

एजेन्सी । भारतीय फिल्म तथा संगीत उद्योगका चर्चित जोडी साजित–वाजिदका एक मुख्य पात्र अर्थात चर्चित संगीतकार वाजिद खानको गएराती निधन भएको छ । खानको पारिवारिक श्रोतले उनको निधन भएको पुष्टि गरेको हो ।

त्यसैगरी गायक सोनु निगमले पनि आफ्नो फेसबुकमा संगीतकार खानको निधन भएको उल्लेख गरेका छन । स्वर्गीय खानको पारिवारिक श्रोतले बताए अनुसार उनी मृगौला पीडित थिए र दुई बर्षअघि उनको मृगौला प्रत्यारोपण गरिएको थियो ।

 

घाँटीमा ईन्फेक्सन भएका कारण मुम्बइको चेम्बुरस्थित सुराना अस्पतालमा भर्ना भएका खानको खानको परिक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । सन १९८१ मार्च १० मा जन्मेका खानको ताजा गीत ‘भाई–भाई ’एक साता अघि रिलिज भएको थियो ।

यो गीत नायक सलमान खानसंगको सहकार्यमा निर्माण गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन । वाजिद खान आफना दाई साजिद खानसंग मिलेर संगीत सृजनाको काम गर्दै आएका थिए ।

साजिद–वाजिदको जोडीले सन १०९८ मा सलमान खान अभिनित सुपरहिट फिल्म ‘मैन प्यार किया’ मा संगीत दिएको थियो । यो जोडीले अहिलेसम्म ९ बर्षसम्म निरन्तर संगै काम गर्ने क्रममा १६ फिल्म हिट भएका छन ।

 

 एजेन्सी  |  १ घण्टा अघि चैत ११, २०७६ एजेन्सी : चीनमा वुहान सहरमा कोरोना भाइरस नियन्त्रणमा आइसकेको अवस्थामा अर्को भाइरस देखिएको छ।  यसअघि पनि देखिएको हन्ता भाइरस चीनमा फेरि देखिएको हो। यो भाइरसका सोमबार चीनमा एकजनाको मृत्यु भएको छ।

विश्वभर कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला चीनमा केही वर्षअघि पनि देखिएको यो भाइरस देखा परेको चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। काम सकेर सान्डोग प्रान्त फर्किरहेका एक व्यक्तिमा यसखाले भाइरस संक्रमण रहेको फेला परेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। ती व्यक्ति सवार गाडीमा रहेका अन्य ३२ जनाकोसमेत चेकजाँच गरिएको छ।  भारतमा पहिल्यै हन्ता भाइरस देखा परिसकेको थियो। सन् २००८ मा भारतको तमिलनाडुमा यस भाइरसका रोगीहरुको पहिचान भएको थियो। त्यस समय यसबाट २८ जना संक्रमित भएका थिए।

खासगरी सर्प र मुसा शिकार गर्ने व्यक्तिमा यस प्रकारको संक्रमण पाइएको थियो। सन् २०१६ मा १२ वर्षीय एक बालकको यस रोगबाट मुम्बईमा निधन भएको थियो।   

अन्तर्वार्ता

‘के के छन् सेजमा समस्या, कसरी गर्न सकिन्छ व्यवस्थापन ?’

 

पाल्पा जिल्ला वगनासकाली गाउँपालिकामा जन्म भइ हाल बुटवल ११ मा स्थायी बसोबास गर्दै आएका तुल बहादुर सारु नेपाली मौलिक मगर भाषा इतिहासको पहिचान बोकेको चलचित्र माराङका निर्माता हुन् । उनी थुप्रै संघसंस्थामा आबद्ध भएर सामाजिक कार्यमा आफ्नो पहिचान बनाइसकेका छन् । जस्तै ग्रील तथा स्टील व्यवसायी संघ रुपन्देहीको पूर्व अध्यक्ष साथै बुटवल ११ एम.जी.क्लबको निवर्तमान संस्थापक अध्यक्ष तथा  सफल व्यवसायी का साथै सामाजिक कार्यमा अग्रसर, सशक्त, होनाहार, जुझारु एवं बौद्धिक सोंच भएको युवा व्यक्तित्व तुल बहादुर सारु मगरसँग चलचित्र माराङ सम्बन्धि हाम्रो गोरेटो राष्ट्रिय मासिक तथा गोरेटो अनलाइनका लागि कार्यकारी सम्पादक चन्द्रा थापा ले गरेको छोटो कुराकानीः– तपाईको माराङ चलचित्र कहिले सम्म रिलिज हुन्छ ?

यो चलचित्र माराङको छायाङ्कन सबै पूरा भई सकेको हुनाले अब यही मंसिर २४ र २५ गते बुटवलको कालिका चलचित्र हलमा गरिब तथा जेहन्दार विद्यार्थीहरुको लागि सहयोग स्वरुप च्यारिटी शो सुरु हुँदैछ साथै हामीले मंसिर २३ गते प्रचार–प्रसारको लागि पत्रकार सम्मेलन गरी चलचित्रका कलाकार भाईबहिनीहरुलाई सम्मान कार्यक्रम पनि राखेका छौं ।

तपाईले यो माराङ चलचित्रको निर्माता बन्ने सोँच कसरी बनाउँनु भयो ? 

मैले चलचित्रमा लगानी गरेको  कमाउने उद्देश्यले होेइन, हाम्रो मगर समुदायको लागि यो चलचित्र मार्फत पनि आफ्नो भाषा संस्कृति र रितिरिवाजलाई बचाउँन केही टेवा पुग्छ की भन्ने उद्देश्यले मगर समुदायको कल्चरलाई जस्ताको तस्तै प्रदामा उतार्ने प्रयास मात्र गरेको हो  यसबाट आफ्नो संस्कृति र पहिचानलाई बचाएर राख्न सकियो भने पछिका पुस्ताले पनि देख्ने छन् र त्यसबाट केही सिक्न सके भने चलचित्र माराङले मगर समुदायलाई राम्रो  सन्देश दिन सक्ने छ भन्ने आशाले चलचित्र माराङमा लगानी लगाएको हो ।

तपाईको माराङ चलचित्र रिलिज नहुँदै “डेछो डाली डुङम कानुङ इमाङ” भन्ने एउटा गीत दर्शकहरुले अत्याधिक रुपमा मन पराएर टिकटकदेखि सांस्कृतिक कार्यक्रमहरुमा बजिरहेको हुन्छ यो गीत दर्शकले मन पराउँनुको कारण र गीत अनुसार कथावस्तु कस्तो छ ?

यो माराङको गीतलाई दर्शकहरुले अत्याधिक रुपमा मन पराइदिनु भएकोमा हामी सा¥है खुशी पनि भएका छौ । मन पराउँनुको कारण भाषा बुझ्नेलाई  शब्दहरु निकै मार्मिक भएकोले हरेक कार्यक्रममा गीत बज्नु र  थुप्रै टिकटक बनाउनु गीतको प्रभाव पर्नु हो । साथै  मगरहरुको गीत कौडा र झ्याउरे मात्रै भएकोले यो गीतलाई फरक मान्नु स्वाभिकै हो । यसमा कथावस्तु र गीत मिल्नु प्रमुख कारण हो की जस्तो लाग्छ ।

 यो चलचित्र हेरेपछि आम दर्शकले के सन्देश पाउन सक्छन् र के कुरा बुझ्न सक्लान् ?

यसबाट धेरै कुरा जान्न र बुझ्न सकिन्छ किन भने मगर समुदायको कल्चरहरु अहिलेका पुस्तालाई केही थाहा छैन । हाम्रो बाबु बाजेले भनेका आधारमा हामीले सुन्दै आएका थियौ भने यो चलचित्र हेरे पछि कल्पना गर्न नसकिने सयौं वर्ष पूरानो हामी मगरको रितिरिवाज, भाषा सस्कृतिलाई चलचित्रमा प्रत्यक्ष देख्न र अनुभुति गर्न पाउनेछन् । साथै मगर संस्कृतिलाई चलचित्रको कथावस्तुमा बाँधेर राख्न सकियो भने भोलिका दिनहरुमा नयाँ पुस्ताले पनि चलचित्रको माध्यमबाट मगर समुदायका रितिरिवाजलाई देख्न सक्नेछन् र नयाँ पुस्ताका लागि एउटा दस्तावेज सावित हुन सक्नेछ भन्ने मलाई लागेको छ । 

यो चलचित्र सयौ वर्ष पहिलाका मगर संस्कार, संस्कृतिको कथा वस्तु समेटिएको हुन सक्छ भन्नु भयो के रहेछ त्यस्तो छोटकरीमा बताइदिनुहोस् न ?

खास गरी भन्नु पर्दा मगर भाषा, संस्कृति कै कुुरा आउँछ । पहिले मगरहरुले विहे गर्दा आफ्नै संस्कार, संस्कृतिमा गर्थे भने अहिले  अर्कै संस्कृतिमा ढल्की सकेको अवस्था हामीले पाएका छौ, अर्काे कुरा नाँच गाँन पनि कौरा नाँच भन्ने शब्दलाई “कान राहा” भन्ने थियो(हामी आयौ है) भन्ने मगर भाषामा  अहिले कौडा भनिन्छ । यस्ता शब्दलाई स्पस्ट पारेका छौ । यसै गरी घाँटु नाँच साथै त्यति बेला चण्डी पूर्णिमामा नचाउँने, भुरुङ नाँच लगायत यस्ता थुप्रै रितीरिवाजहरुलाई समेतेर चलचित्र बनाएका छौ । 

चलचित्र माराङ नेपालको कुन कुन ठाउँमा छायाङ्कन गर्नु भएको छ ? ती ठाउँहरुमा छायाङ्कन गर्नुको उद्देश्य के हो ?

चलचित्रमा हामीले मगर संस्कृतिको विषयमा फिल्म बनाउँन खोजेका हौं तर बजारलाई देखाएर त हुँदैन । त्यसैले पाल्पाको निस्दी गाउँपालिकाको झाल्ठुङ्ग डाँडा, काउले डाँडामा यो चलचित्रका लागि उपयुक्त अति रमणीय दृश्यहरु र मगर वाहुल्यता भएको बस्ती तथा पुराना संस्कृति झल्किने कुडुले घरहरु भएको र त्यहाँका मगरहरुले विवाह वर्ग, चाँडवाड, आजा पूजा लगायत अन्य संस्कार पनि पहिले कै मगर रितिरीवाज अनुसार  अगाल्दै आएको  हुनाले त्यहाँ पुगेर छायाङ्कन गरेका हांै । साथै कौडा गीत तनहँुको रिसिङ गाउँपालिकाको पल्टेङ गाउँबाट उत्पत्ति भएको सुन्नमा आएकोले यो चलचित्रको कौडा गीत तँनहुमा गएर छायाङ्कन गरेका छांै । यसमा चलचित्रको कथावस्तुले  मागेको भएर हामीले पाल्पा, तँनहु र काठमाडौ गएर छायाङ्कन गरेका हौ । 

तपाईको चलचित्रको गीत चर्चामा आउदै गर्दा यो माराङ फिल्म कस्तो होला भन्ने आम दर्शकको मनमा कौतुहलता जागेको छ  ठ्याक्कै बुँदागत रुपमा भन्नु पर्दा कुन कुराले दर्शकको मन छुन सक्ला ?

पहिलो कुरा फिल्मको नाम के हो ? यसको अर्थ बुझ्न जरुरी छ , माराङ भनेको (खुशी) हो भने खुशीमा मगर समुदाय भित्र यस्तो गर्दा रहेछन् भन्ने खुल्नमा आए पनि माराङ फिल्म हेर्दा अन्य समुदायले मगर भाषा नबुझे पनि हेरेर  कथाको विषय वस्तुबाट छर्लङ्ङ  देख्न र बुझ्न सक्नेछन् । अर्काे कुरा जस्तै हामीले टि.भि मा डिस्कभरी च्यानल हेर्दा त्यहाँको सीन् लगायत बाहिरी कल्चरहरु अचम्म मान्ने खालका देखिन्छ भने यो माराङ चलचित्रबाट पनि दर्शकहरुले  मगरहरुको पुराना कल्चरहरु देख्न पाउने छन् । किन भने एक दशक भन्दा बढी यसै क्षेत्रमा अनुभव भएको निर्देशक बुद्ध्या सुनारीले निकै मिहनेत गरेर यो चलचित्र बनाउनु भएको छ । 

यो चलचित्रमा लगानी कति गर्नु भएको छ र लगानी उठ्ला भन्ने कत्तिको विश्वास लिनुभएको छ नि ?

हेर्नुस् फिल्महरु धेरै किसिमका हुन्छन् । त्यसमध्ये यो एक फरक किसिमको मगर सस्कृतिमा आधारित चलचित्र हो , लगानी नउठोस् भन्ने सोँच त कसैको पनि हुदैन तर यसबाट उठेको केही रकम गरिब तथा जेहेन्दार विद्यार्थीहरुको लागि सहयोग गर्ने सोंच पनि बनाएको छु । तर लगानी नउठे पनि यो माराङ चलचित्रबाट आम मगर समुदायमा राम्रो सन्देश दिन सकियो भने म त्यसमा सन्तुष्टि र खुशी हुनेछु । अर्काे कुरा लगानी ५० लाख माथि क्रस भइ सकेको छ , यसमा निर्देशक देखि क्यामरा म्यान,गायक गायिका लगायत सम्पूर्ण कलाकारहरुले आ–आफ्नै  तरिकाले सहयोग गर्नु भएकोले जति लगानी लाग्नु पर्ने हो त्यसमा केही कम हुँदा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिन चाहन्छु । 

तपाई यो भन्दा पहिला पनि एउटा चलचित्रमा अभिनय गरिसक्नु भएको छ आगामी दिनमा फिल्म क्षेत्रमै लाग्ने सोंच बनाउनु भएको छ कि ?

पहिला म साह्रै नाजुक अवस्थाबाट गुज्रेर आज यो अवस्थामा आइपुग्दा मेरो नजिकको मित्र दिपक सिहले मेरै कथावस्तुमा आधारित ‘सफलता’ नामको फिल्म बनाउनु भएको थियो र अबका दिनमा यो माराङ्ग चलचित्र हेरेर दर्शकहरुले कतिसम्म मन पराउनु हुन्छ त्यसमा भर पर्दछ । मगर समुदाय र यो समाजलाई राम्रो सन्देश दिने यस्ता चलचित्रहरु फेरी पनि बनाउन पर्छ भन्ने सुझाव आयो भने अवश्य पनि म लगानी लगाउन तयार छु । 

अन्त्यमा केही भन्न चाहनु हुन्छ ?

अन्त्यमा यो चलचित्र गरिब तथा जेहेन्दार विद्यार्थीहरुको सहयोग स्वरुप भएको हुनाले तुलरुपा सारुको मात्र नभएर तपाई, हामी सबैको हो भन्ने सोंचले यही मंसिर २४ र २५ गते बुटवल कालिका चलचित्र हलमा च्यारिटी शो हुने भएकोले सबै जनालाई उपस्थित भइदिनुहोला भन्ने अनुरोध गर्दै सल्लाह, सुझावको पनि अपेक्षा गर्दछु ।   

Streaming Videos