चलचित्र माराङको पत्रकार सम्मेलनसहीत बुटवलमा च्यारिटी शो
सुनारी फिल्म प्रडक्सनको व्यानरबाट तुल,रुपा सारुले निर्माण गरेको मगर भाषामा आधारित चलचित्र माराङको यहि मंसिर २३ गते बुटवलमा पत्रकार सम्मेलन कार्यक्रम गरेको छ । उक्त चलचित्र माराङ मंसिर २४ र २५ गते बुटवल कालिका चलचित्र हलमा गरिब तथा जेहेन्दार विद्यार्थी सहयोग स्वरुप च्यारिटी शो भएको निर्माता तुल,रुपा सारुले जानकारी गराएका दिए ।
सो चलचित्र बुध्या सुनारीको लेखन तथा निर्देशनमा सदियौ वर्ष पुरानो मगर भाषा धर्म, सस्कार, सस्कृतिलाई पर्दामा उतार्ने प्रयास गरेको कुरा निर्देशक बुध्या सुनारीले जानकारी गराएका छन् । उक्त पत्रकार सम्मेलन कार्यक्रममा प्रमुख अतिथि आदिबासी जनजाति महासंघ जिल्ला अध्यक्ष तथा मगर चलचित्र कर्मी संघको केन्द्रिय पुर्व सचिव शंकर गाहाले मगर भाषा फिल्मले पनि भोलि अन्तराष्ट्रिय स्तरमा नेपाललाई चिनाउने छ भन्दै आजसम्म व्यवसायीक रुपले फड्को मार्न नसके पनि अबका दिनहरुमा भाषिक फिल्मले पनि अरु फिल्म जस्तै व्यवसायीक रुपमा चल्न पाउने नेपाली चलचित्र कर्मीसंघसँग सम्झौता गरेको कुरा बताए । यसै गरी मगर चलचित्र संघ लुम्बिनी प्रदेशका संयोजक ज्ञान बहादुर थापा, माराङ चलचित्रका निर्देशक बुध्या सुनारी मगर, निर्माता तुल,रुपा सारु, कार्यकारी निर्माता संयोग लाफा मगरले मराङ चलचित्रको बारेमा जानकारी गराएका थिए ।
उक्त कार्यक्रममा चलचित्रका नायक रमेशबाबु थापा, नायिका सिर्जना मसराङी मगर लगायत अन्य कलाकारहरुको पनि उपस्थिति रहको थिए । कार्यक्रममा कलाकार र अतिथिहरुलाई सम्मान पत्र तथा मायाको चिनो पनि वितरण गरेको थियो । सो कार्यक्रम निर्माता तुल,रुपा सारुको अध्यक्ष्यता,शंकर गाहाको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन न्यु कोरियन सप कलेक्सनका प्रोप्राइटर संगिता थापाले गरेका थिए भने आज मंसिर २४ गते २ः२२ मा बुटवल कालिका चलचित्र हलमा माराङ चलचित्र भव्यताका साथ च्यारिटी सो भएको हुँदा हेर्ने दर्शकहरुको निकै चाप बढेको थियो । साथै दर्शकहरुले चलचित्र हेरे पछि राम्रो प्रतिक्रिया थिएका थिए । यसै गरी भोली मंसिर २५ गते विहान ९ः३० मा पनि प्रदर्शन हुने हुँदा सबै दर्शकहरुले सहभागीता जनाई सल्लाह सुझाव र प्रतिक्रिया दिन निर्माता तुल, रुपा सारुले आग्रह गरेका छन् ।