ओझेल भित्रका सचेतना अभियान
No icon

माराङ चलचित्रको च्यारिटी शो मा दर्शकहरुको अध्याधिक भिड 


मगर भाषा संस्कार सस्कृतिमा आधारित चलचित्र माराङ (खुशी) बुटवल कालिका चलचित्र हलमा भव्यताका साथ च्यारिटी शो भएको थियो । उक्त चलचित्र माराङ बुद्ध्या सुनारीको लेखन तथा निर्देशनमा तुल,रुपा सारु निर्माता रहेका छन् ।

बुटवलमा भएको दुई दिने च्यारिटी शो मा चलचित्र माराङ हेर्ने दर्शकहरुको चाप  अत्याधिक रुपले बढेको थियो । मगरहरुको भाषा धर्म संस्कार,मन पराएर राम्रो प्रतिक्रिया दिएका छन् । चलचित्रमा मगरको भेषभुषा र पुरानो कल्चरलाई जस्ताको तस्तै पर्दामा उतार्ने प्रयास गरेको  हँुदा दर्शकहरुले मन पराइ दिनु भएको र नयाँ पुस्तालाई दस्तावेज सावित हुन सक्ने हुदाँ एक पटक यो माराङ चलचित्र हेर्नै पर्ने निर्माता तुल,रुपा सारुले बताए । यहि मंसिर २४ र २५ गते दुई दिन १÷१ शो चल्ने भनिए पनि २५ गते अन्तिम दिन हलमा दर्शकहरुको खचाखच भिडले दुई शो चलेको थियो । बुटवलमा माराङ चलचित्र हेर्ने ११÷१२ सय भल्दा माथिका  दर्शकहरुको उपस्थिति रहेको कुरा निर्माता सारुले बताएका छन् । कलाकारहरु रमेश बाबु थापा सिर्जना मसराङी मगरको मुख्य भुमिका रहेको छ भने गणेश घले, टेक राना, टिका थापा लगायत अन्य कलाकारहरुको पनि अभिनय रहेको छ । 
 चलचित्र माराङ पाल्पाको निस्दी गाउँपालिकाको झाल्ठुङ डाँडा, र तनहुँको रिसिङ  गाउँपालिका पल्टेङ गाउँमा बढी छायाँकन गरिएको हुँदा अब छिटै पाल्पामा च्यारिटी शो हुने जानकारी गराउदै विभिन्न जिल्ला र नेपाल बाहिरसम्म लैजाने निर्माता सारुले बताए । 
बुटवलको पहिलो शो मा दर्शकहरुले अत्याधिक  मन पराइदिएर सबैको साथ सहयोगले सफल पारी दिनु भएकोमा सबैलाई धन्यबाद व्यक्त गर्दै आगामी दिनमा यहाँहरुको यसै गरी सल्लाह, सुझाब र माया गरिदिनु भयो भने अझ सुधार गरी माराङ २ ल्याउने निर्माता सारु ले जानकारी दिए ।   
 

Comment As:

Comment (0)