ओझेल भित्रका सचेतना अभियान
No icon

फोनिजको सातौं संघिय महाधिवेशन चितवनको सौराहामा सुरू

फोनिजले भ्रष्टाचार विरुद्ध चिरफार गर्न महत्त्वपूर्ण भुमिका खेल्नु पर्ने -शेरचन

 



नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को सातौं संघीय महाधिवेशन चितवनको सौराहामा चैत्र ६ गते आइतबार देखि सुरु भएको छ। फोनिजको सातौं महाधिवेशनमा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनबाट समु-उद्धघाटन गरिएको थियो ।


लुम्बिनी प्रदेश प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी अमिक शेरचनले अदिबासी जनजाति पत्रकारहरूले एकताबद्द भइ  राष्ट्रियताको सवालमा आवाज बुलन्द परेको बताए । शेरचनले सत्य तत्य आधारित लेखन नै पत्रकारिताको अभिप्राय रहेको जानकारी गराउदै हरेक मान्छे बोल्न ,लेख्न र प्रश्न गर्न पाउने जनताको अधिकार रहेको जनाए । यसैगरी उनले पत्रकारले भ्रष्टाचार विरुद्ध चिरफार गर्न महत्त्वपूर्ण भुमिका खेल्नु पर्ने समेत बताए ।


यसैगरी विशिष्ट अतिथिका रूपमा नेपाल आदिवासी जनजाति महासंघ अध्यक्ष जगत बरामले बोल्दै सामाजिक परिवर्तनमा  सन्चारले एक कदम फड्को मारेको बताए । बरामले राष्ट्रिय मिडियामा आदिवासी जनजातिको न्युज कभर नभएको कारण आदिवासी जनजातिको मुद्दा स्थापित हुन नसकेको जानकारी गराए । आदिवासीका भाषामा पत्रीका प्रकाशित गर्दा अन्य राजनीति दलले जातीय बेभेदको रुपमा हेरेको बताए । उनले आदिवासी जनजातिको आफ्नो मुद्दा स्थापित गरन नयाँ ढङ्गले पुन संरचना गरेर मात्र आदिवासी जनजातिको मुद्दा स्थापित हुने उल्लेख गरे ।


 त्यसैगरी   फोनिज सल्लाहकार घिम घले बोल्ने क्रममा फोनिज संगठन जिवान्त राख्न बहसको जरुरत रहेको उल्लेख्य गरे। अन्य पत्रकार संगठन भन्दा फोनिज पत्रकार अलि फरक रहेकै कारण फोनिजले वर्गीय मुद्दा र सामाजिक मुद्दालाई स्थापित गर्न महत्त्वपूर्ण भुमिका खेलेको बताए ।


नेपाल पत्रकार महासंघ अध्यक्ष बिपुल पोख्रेलले सामाजिक सवालमा फोनिज महासंघले समाजमा बहस सिर्जना गरी महत्त्वपूर्ण भुमिका खेलेको बताए । सामाजिक सवाल बोकेको यश सस्थाले राजनीति दलिय बिषय नगरी सर्बसहमतबाट चयन गर्नु पर्ने भन्दै अग्रीम बधाई दिए।
 

  त्यसैगरी  समाजवादी प्रेस संगठन अध्यक्ष सम्भु श्रेष्ठ ,प्रेस युनियन पत्रकार संघ बरिस्ठ उपाध्यक्ष दिपक आचार्य ,शेर्पा पत्रकार संघ पुर्ब अध्यक्ष निमलेखा शेर्पा प्रेस सेन्टर नेपाल अध्यक्ष बिण्णु सापकोटा ,प्रेस चौतारी नेपाल अध्यक्ष गणेश बस्नेत, प्रेस मञ्च नेपालका अध्यक्ष लगायतले शुभकामना मन्तव्य राखेका थिए । अध्यक्ष डन्ड गुरूङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा आदिवासी जनजाति पत्रकार महासंघका बरिस्ठ उपाध्यक्ष गजरधन राईले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रममा सन्चालन महासचिव मनोज मगरले गरेका हुन् ।  कार्यक्रममा देशभरका ६० जिल्लाबाट प्रतिनिधिहरू सहभागी रहेका छ्न ।

Comment As:

Comment (0)