ओझेल भित्रका सचेतना अभियान
No icon

‘नेपाल भ्रमण वर्ष–२०२०’लाई प्रवद्र्धन गर्न बिदेशी नागरिकलाई मेलामा स्वागत

बुटवल, १६ पुस । औद्योगिक, कृषि तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य सहित बुटवलको देवीनगरमा सञ्चालन गरिएको औद्योगिक व्यापार मेला अवलोकन गर्न आएका विदेशी नागरिकलाई स्वागत गरिएको छ । सरकारले घोषणा गरि आजदेखि लागु भएको नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्नेगरी मेलामा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम अंगाडी सारेको संघले सरकारले अंगाडी सारेको पर्यटन वर्षलाई सफल गराउनकालागि तीन देशका अन्य नागरिकलाई समेत नेपाल भ्रमणको आग्रह सहित उनीहरुलाई स्वागत गरिएको हो । 
मेला अवलोकनका लागि बुधबार मेला स्थल आएका रसियन नागरिक मेरिना र भारतीय नागरिक दिल्लीका अशोक भयानालाई संघका अध्यक्ष खिमबहादुर हमाल, निवर्तमान अध्यक्ष महेशमान सिंह पूर्व अध्यक्षहरु हिराप्रसाद श्रेष्ठ, जीवनप्रसाद ओझा, संघका वरिष्ठ उपाध्यक्ष उज्जल कसजु लगायतले स्वागत गर्नुभएको थियो । साथै बिदेशी पाहुनालाई बुटवलको मायाँको चिनो समेत प्रदान गरिएको थियो । 
यस क्षेत्रको पर्यटन प्रवद्र्धनकालागि मेलाको प्रवेशद्वार अंग्रेजलाई पराजित गरेको ऐतिहासिक जीतगढी किल्लाको आकृतिमा निर्माण गरिएको छ । सरकारले अंगाडी सारेको नेपाल भ्रमण वर्षलाई प्रवद्र्धन गर्ने उद्देश्यले नै मेलामा यस क्षेत्रका पर्यटकीय क्षत्रहरुलाई समेटेर पर्यटकीय स्थलहरुको प्रवद्र्धनात्मक कार्यक्रम गरिएको संघका बाणिज्य उपाध्यक्ष तथा मेला कार्यसम्पादन समितिका उप–संयोजक हरिप्रसाद अर्यालले बताउनु भयो । 
बुधबार मेला अवलोकनकालागि सिद्धार्थनगर उद्योग बाणिज्य संघ, देवदह उद्योग बाणिज्य संघ, रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघको टोली मेलामा आएको थियो । त्यस्तैगरी बुटवलका जनप्रतिनीधिहरुले मेलाको स्थलगत अवलोकन गरेका थिए । त्यस्तै मेला अवलोकनमा आएको प्रदेश पाँच कृषि मन्त्रालयबाट समेत कर्मचारीहरुको टोलीले कृषि सम्बन्धि स्टलहरुको बारेमा जानकारी लिएका थिए । 

Comment As:

Comment (0)