ओझेल भित्रका सचेतना अभियान
No icon

  मगर सस्कृतिमा अाधारित फिल्म माराङको छायाङ्कन अन्तिम चरणमा

सीता गाहा
तुलरुपा सारुको निर्माण तथा बुद्ध्या सुनारी मगरको निर्देशनमा मगर भाषा सस्कृतिमा आधारित चलचित्र माराङको पोस्टर एक कार्यक्रमकाबिच सार्वजनिक गरिएको छ । सुनारी फिल्मस व्यानरमा निर्मित मराङ (खुशी) ले ग्रामिण मगर समुदायमा लोप हुदै गएको मगर भाषा, धर्म , सस्कृति, परम्परा र रितिरीवाजलाई चलचित्रमा प्रस्तुत गरिएको छ । अहिले नेपालको बदलिदो राजनैतिक सास्कृतिक परिवेशमा सबै जातजातीहरुले आफ्नो भाषा सस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले विभिन्न भाषा सस्कृतिमा चलचित्र निर्माण गरिरहेका छन् । यसरी मनोरञ्जनको माध्यमबाट आफ्नो भाषा सस्कृतिलाई प्रस्तुत गर्ने सस्कार बढेसँगै मगर चलचित्र माराङले पनि मगर समुदायको मौलिक भाषा र कला सस्कृतिलाई नयाँ पुस्तामाझ
हस्तान्तरण गर्न मार्गदर्शन निर्माण गर्ने विश्वास लिएको छ ।  चलचित्र माराङको कथावस्तुमा बहुआयामिक पक्ष समेतिएको हुनाले यो चलचित्र फिल्म फेस्टिबलमा समेत छनौट हुने अपेक्षा व्यक्त गर्दै चलचित्र मगर समुदायमा आधारित भए पनि नयाँ पुस्ताका लागि अनुसन्धानको विषय बन्नुका  साथै मार्ग निर्देश पनि गर्ने निर्माता तुलरुपा सारुले  बताए ।

यो फिल्म पाल्पा जिल्लाको पुर्वी भाग निस्दी गाउँपालिकाको सेरोफेरोमा छायाङ्कन गरिएको छ ।  हाल नेपाली समाजमा विदेशी फिल्मको प्रभाव बढिरहेको अवस्थामा आफ्नो रितिरीवाज परम्परालाई भावी सन्ततीका लागि संरक्षण गर्ने उद्देश्यले चलचित्र माराङ निर्माण गरिएको निर्देशक सुनारीले बताउनु भयो । मगर कला सस्कृतिमा आधारित चलचित्र मराङ छायाङ्कनको अन्तिम चरणमा पुगेको जानकारी गराउदै ट्रेजर सार्वजनिक भएसँगै   चलचित्र माराङले सोसलमिडियाहरुमा निकै चर्चा बटुलेको छ । यसरी हेर्दा यो फिल्मले भविष्यमा राम्रै प्रभाव जमाउने देखिन्छ । 
 

Comment As:

Comment (0)