
देश विकासको लागि उद्योग व्यवसाय जरुरी
कृष्ण थापा मगर
व्यवसायी
मानिसले आफ्नो लक्ष्य जति छिटो निर्धारण गरेको हुुुन्छ त्यति नै छिटो जीवनले सार्थकता पाएको हुन्छ । त्यही उद्धेश्यलाई आत्मसाथ गरी कलिलो उमेरमा सफल व्यवसायी बनेका छन् कृष्ण थापा मगर । २०४६ साल बुटवल उपमहानगरपालिका १५ सेमलारमा जन्म भएको कृष्ण थापा सामान्य परिवारमा हुर्केका व्यक्ति हुन् । बुवा नर बहादर थापा र आमा ईश्वरी थापाका एक्लो छोरो कृष्णले सानो छदा दुःखको खासै अनुभव गर्नु परेन ।
बुटवल १३ को एल. बि नमुना बोर्डिङ स्कलबाट २०६३ सालमा एस.एल.सी. गरेपछि आइ.ए. मा पढ्दै गर्दा लाहुरे हुने सा“ेच भएपनि लाहुरे हुन भने सकेनन् । यसैक्रममा ब ुटवल औद्योगिक क्षेत्र थापा इन्जिनियरिङमा एक वर्ष काम सिकेपछि बुटवलको बि.टि.आई.बाट हाइड्रोपावरमा नाम छनोट भए लगतै त्यहा“ दुई वर्ष पढ्ने र काम सिक्ने गरेका थिए । त्यहा“ वल्डर सम्बन्धि काम गरेपछि प्रमाण पत्र लिएर केहि समय स्याङजाको कालीगण्डकी हाइड्रोपावरमा पनि काम गर्न पुगे । त्यस लगत्तै बुटवलको औद्योगिक क्षेत्र गौतम इन्जिनियरिङबाट बा“की अध्ययन पुरा गरेर ति कामको अनुभवबाट पुर्वको इलामसम्म काम गर्न पुगेका थिए ।
आफुले काम सिकेको ५ वर्षपछि २०७४ सालमा आफ्नैै व्यवसाय गर्नुपर्छ भन्ने सा“ेचले बुटवल उपमहानगरपालिका १४ मा श्री एन. के. ग्रील उद्योग सञ्चालन गर्दै आएका छन् । सुरुमा ३ लाख लगानी र केही महिनापछि २ लाख गरी ५ लाखको लगानीबाट सञ्चालन भएको ग्रील उद्योग व्यवसाय यसैबाट लगानी बढाउदै अहिले ४०÷४५ लाखको लगानी पुगेको बताएका छन् । उनको उद्योगमा आधुनिक डिजाइनले फलाम र स्टील सम्बन्धि सम्पूर्ण सामानहरु दक्ष कालिगढद्धारा बनाइने हुदा ति सामानहरु बढी टिकाउ र गुुणस्तरीय हुन्छन् । त्यसैले होला कृष्ण थापाको ग्रील उद्योगमा सोध्दै र खोज्दै आउने ग्राहकहरुको चा“प बढ्दो छ । ग्राहकहरुको खुशी नै आफ्नो खुशी हो भन्ने लागेर आफ्नो ग्राहकहरुलाई कसरी खुशी बनाउन सकिन्छ त्यसरी नै ग्राहकहरुस“ग डिलिङ गरेका हुन्छन् ।
हिजो बाध्यताले अरुको कम्पनीमा काम गर्नुपरे पनि आज ५÷७ जना बेरोजगार युवाहरुलाई रोजगारी दिन सक्ने भएका छन् । यसरी आफ्नो मिहनेत र परिश्रमले छोटो समयमा व्यवसाय क्रमिकरुपले अगाडि बढेको देख्दा कृष्ण थापालाई व्यवसायप्रति खुशी लाग्न स्वभाविकै हो । त्यसो त यो व्यवसायलाई यहा“सम्म ल्याउन थुप्रै संघर्ष र चुनौतीहरुसंग जुझारु नबनेका होइनन् ति चुनौतीहरुलाई सामना गर्दै व्यवसायलाई अगाडि बढाउन सकेमा अवस्य पनि सफल बन्न सकिदो रहेछ भन्ने लाग्छ उनलाई ।
उनी भन्छन् व्यवसाय गर्दा आइपर्ने प्रत्येक चोटले जीवनमा मानिसलाई जिउन गतिलो पाठ सिकाउदो रहेछ । यद्यपी व्यवसायलाई लामो समयसम्म टिकाइराख्न त्यति सजिलो कहा“ छ र ? एउटा ढुङ्गाले पनि हजारौ चोट सहेर नै एउटा सुन्दर मुर्ति बनेको हुन्छ । त्यसैले मानिसलाई पनि व्यवसाय गर्दा अनेकौ समस्याहरु आइपरेका हुन्छन् त्यसलाई पार गर्दै अगाडि बढ्न सकियो भने व्यवसायलाई लामो समयसम्म टिकाइ राख्न सकिने कुरा बुझेका छन् कृष्ण थापाले । उनी भन्छन् उद्योग व्यवसाय भनेको देशको मुल आधार हो ।
देशलाई विकासको बाटोमा लान र भावी सन्ततिलाई बाटो देखाउन आफु दक्ष भई क्षमताअनसार स्वदेशमै व्यवसाय गर्न ति विदेशको भुमिमा श्रम बेचिरहेका युुुवाहरुलाई सुझाव दिएका छन् साथै यो व्यवसायलाई पछिसम्म निरन्तरता दिदै अझै व्यवस्थित गर्दै लैजानुका साथै यो बाहेक अन्य व्यवसाय पनि सञ्चालन गर्ने सा“ेच बनाएका छन् ।
प्रस्तुतिः चन्द्रा थापा