ओझेल भित्रका सचेतना अभियान
No icon

व्यवसायीहरुले तिरेको करको उचित मूल्याड्ढन हुनु जरुरी

 

 चन्द्रा थापा मगर

जीवन एक भोगाई र सघर्ष हो । यही संघर्षको दौरानमा दौडीरहेका प्रेम बुढाको जन्म भए पछि वसन्तले ४३ औ पटक काचुँली फेरेछ । यद्यपी जीवन एकोहोरो घुमी रहने चर्खा जस्तो छ ।  २०३४ सालमा रोल्पा जिल्लाको साविक कुरेली गा.वि.स.८ मा जन्मेका प्रेम बुढा मगरको बालापन औषत बालबालिका भन्दा केही फरक तरिकाले बितेको थियो । त्यति बेला मध्य पश्चिमाञ्चलको रुकुम, रोल्पा जिल्लालाई विकासको हिसाबले दुर्गम नै मानिन्थ्यो । त्यही ठाउँमा जन्मेर हुर्की बढेका रोल्पाली छोरा हुन् प्रेम बुढा मगर । 
पहिले सिस्नो र भाङोको लोक्ता निकालेर बुनेको कपडालाई नेपाली भाषामा भाङ्ग्रा  भनिन्छ त्यो भाङ्ग्रा लगाउने प्रचलन रुकुम रोल्पा तिर केही वर्ष पहिले सम्म पनि यथावत नै थियो । प्रेम बुढाले पनि आमाले बुनेका भाङ्ग्राको कपडा लगाएर हुर्केका हुन् ।  पहिले गाउँमा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुले मात्र ती कपडा लगाउने गर्थे भने आजभोलि सहरीया क्षेत्रतिर धनाढ्य व्यक्तिहरुले लगाउने गरेको पाइन्छ  । यद्यपी प्रेम बुढाको घरमा पनि आर्थिक स्थिति अत्यन्तै कमजोर भएका कारण  त्यही कपडा लगाएर स्कुल पढ्न जाने गरेको बालापनको सम्झना अझै उनको मनमा ताजै  रहेको बताए । 
रोल्पाको श्री बालकल्याण उच्च  मा.वि. मा कक्षा ५ सम्म अध्ययन  गर्दा स्कुलमा लगातार प्रथम नै हुने गर्थे । उनको पढ्ने चाहना हँुदाहँुदै पनि घरको  आर्थिक स्थितिले गर्र्दा उनको पढाइमा कक्षा ५ को पढाई पछि सदाको लागि पूर्ण विराम लागेको थियो । यसरी गाउँको परिवेशसँगै घरको कमजोर स्थितिबाट गुज्रेका प्रेम बुढालाई विद्यार्थी जीवनको राम्रो अनुभव भने भएन ।  उनी भन्छन् अहिले ईन्टरनेटको जमाना आइसक्यो  जहाँतही शिक्षाको महत्व छ, आजको परिस्थितिमा सामान्य लेखपढ गरेर गरी खान निकै गाह््रो छ भन्दै उनको मनका भित्री आकांक्षाहरु बुन्ने हो भने शिक्षाको महत्व कति रहेछ भन्ने कुरा उनीबाट सजिलै बुझ्न सकिन्छ ।
त्यसकारण आफू पढ्न नपाएपनि अरु बालबालिका पढ्नबाट बञ्चित हुन नपरोस् भन्दै रोल्पा गाउँमा एक लाख तीस हजारको अक्षयकोष स्थापना गरिदिएका छन् । उनी १६ वर्षको उमेरमा बुबासँग  भारतमा गएर बुबाले काम गर्ने कम्पनीमा ५ वर्षसम्म बसेर विभिन्न काम गर्न पुगेका थिए   ।
त्यहाँ बाटोको ठेकदारदेखि लिएर आलु उत्पादन खेती तथा सल्लाको खोतो विक्री लगायत थुप्रै काम गरेको हुनाले उनलाई त्यो परिश्रमले आफ्नै व्यवसाय गर्नु पर्छ भन्ने  कुरा सिकाएको थियो । उनी ५ वर्षसम्म भारतमा बस्दा रोल्पा कुरेलीको जय कुमारी रोका मगरसँग बैवाहिक बन्धनमा बाधिएर नेपाल फर्केका  थिए । त्यति बेला नेपालमा द्धन्दकाल चर्किरहेको अवस्थाका कारण कुनै व्यवसाय गर्ने वातावरण नै थिएन ।
त्यसैले उनी विदेश जाने सोच बनाएर साउदीमा १४ वर्षसम्म  काम गरेको अनुभव पनि उनीसँग छ । त्यस लगत्तै घरमा आएर २०७० सालबाट दाङको घोराही १० मा बुढा हार्डवयेर  व्यवसाय सञ्चालन गर्दै आएका छन् । उनीसँग अन्य व्यवसायहरुको अनुभव भए पनि यो हार्डवयर सम्बन्धि अनुभव भने थिएन । 
उनी भन्छन् शिक्षा र अनुभवलाई सँगै लैजान नसकिदो रहेछ । शिक्षा भए अनुभव हुदैन अनुभव भए शिक्षा हुदैन । त्यसकारण प्रेम बुढासँग उच्च शिक्षाको ज्ञान नभए पनि विभिन्न कुराको ज्ञान र अनुभवले पोख्त छन् उनी । लामो समयसम्म व्यवसायलाई सञ्चालन गर्न मिहनेत र समयको ख्याल गर्दै  आर्थिक आवश्यकता पनि पर्ने हुँदा त्यसलाई मिलाएर लैजान  सकियो भने व्यवसायमा अवश्य पनि सफलता हासिल गर्न सकिन्छ भन्ने उनको व्यवसायीक अनुभवले  बताएका छन् । शुरुमा ४० लाखको लगानीबाट सञ्चालन गरेको व्यवसाय अहिले एक करोड पचास लाख भन्दा माथि लगानी पुगिसकेको छ । 
यो व्यवसायमा प्रेम बुढा मगरको घरका परिवारहरुले धेरै सहयोग गरेका छन् । यो हार्डवयर व्यवसायलाई पछि सम्म टिकाइ राख्ने आधारहरु के देख्नु भएको छ भन्ने जिज्ञासामा  उनी भन्छन् यो व्यवसायमा पनि स्थायित्व हुन सदैन । अबको १०÷१५  वर्ष पछि समयको मागसँगै व्यवसायलाई रुपान्तरण गरेर लैजाने अवस्था पनि आउन सक्छ किन भने आधुनिक प्रविधिसँगै बजारमा मेसनरी सामानहरु आई सकेको हुनाले प्रेम बुढाले बजारमा बुझेर अनुमान लगाएको कुरा बताएका थिए । 
अन्य व्यवसायीहरुले व्यवसायमा प्रतिस्पर्धा छ,  व्यवसाय गर्न गाह््रो भएको कुरा बताउछन् यहाँ प्रेम बुढा मगर भन्छन् प्रतिस्प्रधाले ग्राहकलाई सचेत बनाउनुका साथै ग्राहक ठगिनबाट  बचेका हुन्छन् । व्यवसायीले बेच्ने पोलिसी हो । त्यसकारण व्यवसायमा प्रतिस्पर्धा हुन जरुरी छ ग्राहकहरु ठगिनु हुदैन भन्ने उनको सोचाइ हो । व्यवसाय गर्दा राज्य प्रति भएका गुनासोहरुमा उनी भन्छन् राज्यलाई कर तिर्नू स्वभाविकै हो राज्यले व्यवसायीहरुलाई दोहोरो मारमा पारेको छ, भ्याट र पानमा दुईवटा सिस्टम रहेकोले एउटै सिस्टम बनाउन जरुरी देखिन्छ । यद्यपी हामी व्यवसायीहरुले तिरेको करको उचित मल्याङ्कन हुनु पर्छ वर्षमा ५÷७ लाख कर तिरेका छांै यो करको राज्यले क्याटगोरी छुट्याउँनु जरुरी छ । 
आज हामीले व्यवसाय सञ्चालन गरेका छौं भोलि यही व्यवसायले गर्दा हामी रोडमा आउन पनि सकिन्छ त्यति बेला राज्यले कुन हिसाबले हेर्ने यो एउटा सोचनीय विषय बनेको छ भन्दै राज्यप्रति आक्रोश पोखे । 
उनी एउटा सभ्य र बौद्धिक  नागरिक पनि भएको हुनाले राज्यले सर्वसाधारण नागरिकको स्वास्थ्यलाई वेवास्ता गरी हामीले अखाद्य बस्तु  (मबतभ भहउष्चभ०  भएका  खाद्यान्न र फास्ट फुडहरु उपयोग गर्न बाध्य  भएका छौ । त्यसैले खाद्यान्न देखि लिएर सम्पूर्ण फास्टफुड सामाग्रीहरुमा अवधि समाप्ति भएको मितिको स्पष्ट रुपमा लेवल लगाउनु पर्दछ र सम्बन्धित निकायबाट अनुगमन पनि हुनुपर्दछ भन्ने अभियानका साथ खाद्यान्न तथा फास्टफुड सम्बन्धी व्यवसाय सञ्चालन गर्ने साेंच बनाएका छन् ।
यसरी आफ्नो व्यवसायलाई निरन्तरता दिदै विभिन्न सामाजिक संघ सस्थामा पनि आवद्ध भएका प्रेम बुढा नेपाल मगर व्यवसायी संघको जिल्ला अध्यक्ष, पझेङ्डी एकता समाजको अध्यक्ष, रोल्पा ढाङढुङ कुरेली समाजको कोषाध्यक्ष, राप्ती जनएकता बचत तथा ऋण सहकारी संस्थाको कोषाध्यक्ष , नेपाल मगर संघको जिल्ला सदस्य, सुविधा टोल खानेपानी संस्थाको लेखा समितिको संयोजक,ज्ञानज्योती एकेडेमी बार्डिङको लेखा समितिको सदस्य लगायत विभिन्न संघसस्थामा आवद्ध रहेर सामाजिक कामसँगै व्यवसायलाई पनि निरन्तरता दिने सोंच बनाएका छन् ।
 

Comment As:

Comment (0)