ओझेल भित्रका सचेतना अभियान
No icon

शुक्रबार काेराेनाका १७०३ जना संक्रमित थपिए, थप २३ जनाकाे मृत्यु

१२ मंसिर, शुक्रबार।

पछिल्लाे २४ घण्टामा काेराेनाका थप १ हजार ७०३ जना संक्रमित पुष्टि भएका छन् । देशभरका विभिन्न प्रयाेगशालामा १० हजार ४६० जनामा पीसीआर परीक्षण गर्दा १७०३ जनामा संक्रमित पुष्टि भएकाे स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जानकारी दिएकाे छ । याेसँगै नेपालमा जम्मा पीसीआर १७ लाख १० हजार ४६० भएको छ ।

अमज थपिएका संक्रमितसँगै हालसम्म २ लाख २९ हजार ३४३ मा कोरोना संक्रमण भएका छन् ।

बिहीबार सक्रिय संक्रमितको संख्या १७ हजार २३७ रहेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार २३६ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म २ लाख ९ हजार ४३५ जना संक्रमित संक्रमण मुक्त भएका छन् ।

त्यसैगरी, अाज थप २३ जना संक्रमितको मृत्यु भएको छ । याेसँगै हालसम्म मृत्यु हुनेको कुल संख्या १ हजार ४३५ पुगेको छ ।

Comment As:

Comment (0)