ओझेल भित्रका सचेतना अभियान
No icon

बुधबार काेराेनाका ७३६ जना संक्रमित थपिए, थप १३ जनाकाे मृत्यु

१ पुस, बुधबार । बितेकाे २४ घण्टामा थप ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्राेगशालामा ५५५५ जनाको परीक्षण गर्दा ७३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

याेसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५० ह जार ९ सय १६ पुगेको छ । यीमध्ये ९ हजार ७ सय ५७ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर ८ सय ४७ जनाले कोरोना संक्रमण जितेका छन् भने कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या २ लाख ३८ हजार ५ सय ६९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट १३ जनाको निधन भएको छ । यससँगै कोरोना संक्रमणबाट अहिलेसम्म १ हजार ७ सय ४३ जनाले ज्यान गुमाएका छन् ।

Comment As:

Comment (0)