ओझेल भित्रका सचेतना अभियान
No icon

बिहिबार काेराेनाका ७७६ जना संक्रमित थपिए, थप ६जनाकाे मृत्यु

२ पुस, बिहीबार । बितेकाे २४ घण्टामा नेपालभर थप ७७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयाेगशालामा ६५८८ जनाको परीक्षण गर्दा ४६८ पुरुष र ३०८ महिला गरी ७७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएकाे छ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ९४७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४० हजार ३६३ जना रहेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९५८० रहेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा ६ जना कोरोना भाइरस संक्रमणको मृत्यु भएको छ । याेसँगै, हालसम्म मृत्यु हुनेको संख्या १७४९ पुगेको छ ।

Comment As:

Comment (0)