ओझेल भित्रका सचेतना अभियान
No icon

शुक्रबार काेराेनाका ७८२ जना संक्रमित थपिए, थप १६ जनाकाे मृत्यु

पुस ३, शुक्रबार।

बितेकाे २४ घण्टामा नेपालमा थप ७८२ जना मानिसमा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ । देशका विभिन्न प्रयाेगशालामा ५७०६ जनाकाे पीसीआर परीक्षण गर्दा ४७७ जना पुरुष र ३०५ जना महिला गरी कुल ७८२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

यससँगै नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या १ हजार २९ रहेको छ । हालसम्म संख्या २ लाख ४१ हजार ३९२ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै, नेपालभर हालसम्म सक्रिय संक्रमितको संख्या ९ हजार ३१७ रहेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ७६५ पुगेको छ ।

Comment As:

Comment (0)