ओझेल भित्रका सचेतना अभियान
No icon

डाक्टरको बलात्कार र हत्याका चार आरोपी घटनाको ९ दिनपछि प्रहरी इन्काउन्टरमा मारिए

भारतको हैदराबादस्थित तेलंगनामा २७ वर्षे महिला डाक्टरलाई बलात्कारपछि हत्या गरेको मामलाका चारै आरोपीलाई पुलिसले इन्काउन्टरमा मारेको छ । गत २७ नोभेम्बरको रातमा हैदराबादमा एक महिला डाक्टरलाई चार जनाले सामूहिक बलत्कारपछि जलाएर मारेका थिए । ती महिलाको स्कुटर पञ्चर गराएर बलात्कारीहरूले उनलाई पञ्जामा पारका थिए  । उनको जलेको शव बैंगलोर हैदरावाद राष्ट्रिय राजमार्गको अन्डरपासनजिक भेटिएको थियो ।
सो घटनामा प्रहरीले चार आरोपीहरूलाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरूलाई अदालतमा पेस गर्दा अदालतले १४ दिन न्यायिक हिरासतमा पठाएको थियो । त्यसपछि हैदरावाद प्रहरीले हिरासतको माग गर्दा आरोपीहरूलाई सात दिन प्रहरी हिरासतमा पठाइएको थियो ।डिसीपी प्रकाश रेड्डीका अनुसार पुलिसले आरोपीलाई त्यही स्थानमा लगेको थियो जहाँ उनीहरुले डाक्टरलाई मट्टीतेल छर्केर जलाएका थिए । उनीहरुलाई उक्त स्थानमा लगेर घटना के –कसरी भएको थियो भनेर सोधपुछ गरिएको थियो । सोधपुछको क्रममा आरोपीले पुलिसको हतियार खोसेर भाग्ने कोसिस गर्न थाले । उनले पुलिसमाथि गोली पनि हाने । घटनामा दुई पुलिसकर्मी पनि घाइते भएको बताए । चारै आरोपी शुक्रबार बिहानै ३ देखि ६ बजेको बीचमा शादनगरस्थित चतनपल्लीमा इन्काउन्टरमा मारिएको जानकारी दिए । तर, सञ्चारमाध्यमले भने उनीहरूलाई प्रहरी नियन्त्रणमै गोली हानिएको जनाएका छन् ।

Comment As:

Comment (0)