
कञ्चन गाउपालिका विपत् व्यवस्थापन समितीद्वारा वडा नं.३ शिल
८ भदौ । रुपन्देहीको कञ्चन गाउपालिका भित्र समुदाय स्तरमा काेराेना संक्रमण फैलन थालेपछि कञ्चन गाउपालिका विपत् व्यवस्थापन समितीकाे बैठकले वडा नं.३ शिल गर्ने निर्णय गरेकाे छ । कार्यक्रममा ५ वटै वडाका अध्यक्ष, स्वास्थय शाखाका प्रमुख, इलाका प्रहरी प्रशासन कार्यालय सालझण्डीका प्रमुख इन्सपेक्टर कमल परियार र रुद्रपुर इलाका प्रहरी प्रशासन कार्यालयका प्रमुख अाइ. पी. चाैधरी लगायत समितिका पदाधिकारी र पत्रकरहरूकाे उपस्थिति रहेकाे थियाे ।
आज राती १२ बजे देखि लागु हुनेगरी कञ्चन गाउपालिका वार्ड नं ३ लाई भाद्र १४ सम्म शिल गरिएकाे छ । कञ्चन गाउपालिका वडा नं ३ काे बगाहा जाने बाटाे,पश्चिममा गैडहवा १ वनगाइ मलवार देवी थान जाने बाटाे , उत्तरमा लखन चाेक, दक्षिणमा गैडहवा २ काे ननाैलीकाे सीमानासम्म शिल गरिएकाे हाे ।
कञ्चन गाउपालिकाका अध्यक्ष गाेकर्ण बहादुर क्षेत्री र प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थी हस्ताक्षरीत सुचनामा अत्यावश्यक सेवा जस्तै दुध, तरकारी, फलफुल, खाद्यान्न बिक्री वितरणलाइ विहान ६ः०० देखि ८ः०० बजेसम्म र बेलुका ५ः०० बजेदेखि ६ः०० बजेसम्म मात्र खुल्ला राख्ने भनिएकाे छ । अाैषधि पसलहरू स्वास्थ्य मापदण्ड पूरा गरी २४ घण्टा खाेल्ने साथै बैंक तथा वित्तय संस्थाहरू पूर्णरूपमा बन्द गरी विद्युतीय प्रणाली मार्फत सञ्चालन गर्न अनुराेध गरिएकाे छ ।
कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले लकडाउनको पूर्ण पालन गर्न सबैलाई जानकारी दिनु भएको छ । गाउ शिल भएको अवस्थामा जिल्ला प्रशासन र स्थानिय तहले निर्देशित गरेका बाहेक कुनै पनि कार्यहरु गर्न गराउन नपाइने र सामाजिक दुरी कायम गर्दै अनिवार्य रुपमा मास्कको प्रयोग गरेर मात्र अत्यावस्यक काम गर्न गराउन समेत कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले बताउनु भएको छ ।
नेपाल सरकार,प्रदेश सरकार र स्थानीय तहले समेत समुदायमा कोरोना संक्रमण फैलिन सक्ने भन्दै पटक - पटक स्थानिय संचार माध्यमहरुबाट र गाउपालिकाको वेभसाइट र फेसबुक पेज मार्फत सर्तकता अपनाउन घरमै सुरक्षित बस्न सूचना र समाचारहरु प्रकाशन गरेता पनि स्थानीयहरुले बेवास्ता गर्दा अन्तत समुदायमा कोरोनाको संक्रमण फैलिएको गाउँ पालिकाका प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थीले बताउनु भएको छ ।
त्यसैगरी कञ्चन गाउपालिकाले भारत तथा तेस्राे मुलुकबाट अाउनेहरूलाइ क्वारेन्टाइनकाे व्यवस्था गरे पनि वडा कार्यपलिकाका अध्यक्ष लगाएत सदस्य लगाएत टाेल विकास संस्थाका अध्यक्षहरूका सहयाेगमा हाेम क्वारेन्टाइनकाे व्यवस्था मिलाएकाृे छ । कञ्चन गाउपालिका भित्र काेराेना संक्रमणकाे जाेखिम दिनप्रति दिन बढिरहेकाेले अाफू पनि बचाै र अरूलाइ पनि बचाउन अनुराेध गर्दै काेराेना पाेजेटिभ भएका व्यत्तिहरू हाम्रै टाेल गाउ समाज दाजु भाइ दिदी बहिनी भएकाले उनीहरूलाइ घृणा अपहेलना नगरी हाैसला र अात्मवल बढाउन प्राेत्साहन गर्न अनुराेध गरिएकाे छ । हालसम्म ५ जना काेराेना संक्रमित देखिएका छन् भने पी सीअार जम्मा ३६० र अार डी टी जम्मा ५९० जनालाइ परिक्षण गरी सकेकाे कञ्चन गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गाैतमले जानकारी दिनुभयाे ।