ओझेल भित्रका सचेतना अभियान
No icon

विष सेवन गरेर एक पुरुषको मुत्यु 

रुपन्देहीको कञ्चन १ सुन्दरनगर टोल राना चोकमा ४३ वर्षीय एक युवकले विष सेवन गरि आत्महत्या गरेका छन् । आज दिनको करिव १२ बजे रक्सी खान नदिएको भनि तरकारिमा प्रयोग गरिने विषादी सेवन गरेका बल बहादुर क्षेत्री खत्रीलाई बुटवल उपचार गर्न लैजाने क्रममा निधन भएको हो । 

अत्याधिक मदिरा सेवन गर्ने बानीका कारण मदिरा छुटाउन खोज्दा परिवारसँग झगडा हुँदै आएको स्थानीय बताउछन् । बल बहादुरले एक महिना देखी अझ बढी मदिरा सेवन गर्दै आएको उनका परिवारले बताउछन् । उनका परिवारमा आमा, श्रीमती, १ छोरा र २ छोरी रहेका थिए । 

करिब ८ वर्ष पहिला भारतमा जागिर गरि आएका मृतक बल बहादुरले हाल गाई भैँसी फर्म खोली व्यावसायीक रुपमा संञ्चालन गर्दै आएका थिए । घटनाको प्रारम्भीक अनुसन्धानको लागी मृतक बलबहादुरको शव लुम्बिनी प्रादेशिक अस्पतालमा पोष्टमार्टमको लागी लगीएको ईलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ । 
 

Comment As:

Comment (0)