ओझेल भित्रका सचेतना अभियान
No icon

 चितुवाको छालासहित ४ जना बुटवलमा पक्राउ

बुटवलमा चितुवाको छालासहित ४ जनालाई बुटवल प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीकाअनुसार बुटवल ९ स्थित विशाल होटल एण्ड रेष्टुरेण्टबाट ४ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा बुटवल ७ का ३० वर्षीय विष्णुप्रसाद भट्टराई, गुल्मीको दरबार गाउँपालिका–४ का २२ वर्षीय विमल मगर, २४ वर्षीय सञ्जिव पेमी र १८ वर्षीय विशाल रानामगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।

प्रहरीले ६ फिट लम्बाई र १ फिट ३ ईन्च चौडाईको एकथान चितुवाको छाला समेत उनीहरुको साथबाट बरामद गरेको छ । पक्राउ परेका व्यक्ति र छाला जिल्ला वन कार्यालय रुपन्देही बुझाइएको छ ।  उनीहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Comment As:

Comment (0)