ओझेल भित्रका सचेतना अभियान
No icon

सैनामैनाको पिपलडाँडामा स्मार्ट रिफ्रेस सेन्टर बन्दै

रुपन्देही को सैनामैना नगरपालिका मा स्मार्ट रिफरेस को आज लुम्बिनी प्रदेश का मुख्य मन्त्री शंकर पोख्रेल शिलान्यास गरेकाछ्न  बुटवल  । पूर्व पश्चिम राजमार्गमा लामो दुरीको यात्रा गर्दा यात्रु तथा सवारी चालकलाई धेरैथरी समस्या पर्ने गरेको छ । त्यसमा पनि लामो दुरिको यात्रा गर्दा शौच तथा विश्राम गर्नको लागि रिफ्रेस सेन्टरको आवश्यकता पर्दछ ।
नेपालका राजमार्गमा रिफ्रेस सेन्टर नहुँदा जंगलहरु खुल्ला शौचको कारण दुर्गन्धित भएका छन भने लामो दुरिका सवारी चालक आराम गर्न नपाउँदा दुर्घटना समेत हुने गरेको छ ।

त्यसैलाई मध्यनजर गर्दै लुम्बिनी प्रदेश सरकारले राजमार्गहरुमा स्मार्ट रिफ्रेस सेन्टर सञ्चालनमा ल्याउने भएको छ । त्यही स्मार्ट रिफ्रेस सेन्टरको प्रदेश सरकारले रुपन्देहीको सैनामैनामा शिलान्यास समेत गरेको छ ।


लुम्बिनी प्रदेशका पाँचवटा जिल्लामा स्मार्ट रिफ्रेस सेन्टर निर्माण हुने भएको छ । लामो यात्रामा हिडेका यात्रु तथा सवारी साधनका चालकलाई विश्राम गर्नको लागि प्रदेश सरकारले रिफ्रेस सेन्टर सञ्चालनमा ल्याउने भएको हो ।

 

लुम्बिनी प्रदेशका तराईका नवलपरासी पश्चिम, रुपन्देही, कपिलबस्तु, दाङ्ग र बर्दियामा पुर्व पश्चिम राजमार्गमा अत्याधुनिक सुविधा सम्पन्न स्मार्ट रिफ्रेस सेन्टर सञ्चालनमा ल्याईने भएको हो । लामो दुरिमा यात्रा गर्दा चालकलाई थकान हुने गर्दा सवारी दुर्घटना बढ्दै गएको र यात्रुले जंगलमा जथाभावी शौच गर्दा फोहोर बढ्दै गएको भन्दै प्रदेश सरकारले रिफ्रेस सेन्टर सञ्चालन गर्ने अवधारणा ल्याएको हो ।

सोही क्रममा शुक्रवार रुपन्देही जिल्लाको सैनामैना ९ पिपलडाँडामा स्मार्ट रिफ्रेस सेन्टरको शिलान्याश गरिएको छ । मुख्यमन्त्री शंकर पोख्रेलले सेन्टरको शिलान्याश गर्दै लुम्बिनी प्रदेशबाट सभ्यता तर्फको यात्रा सुरुवात भएको घोषणा गर्नुभयो ।

पहिलो चरणमा रुपन्देहीको सैनामैना र कपिलबस्तुको चन्द्रौटामा ठेक्का प्रक्रिया पूरा भएर स्मार्ट रिफ्रेस सेन्टर निर्माण सुरु भएको छ । बाँकी ३ जिल्लामा ठेक्का प्रक्रियाको काम सुरु हुँदै छ । राजमार्गमा हिड्ने यात्रुको लागि शौचालय र चिया नास्ताको ब्यवस्था हुने छ भने चालकलाई लामो यात्रामा हिड्दा थकान हुने भएकाले केही समय आराम गर्नको लागि विश्राम कक्षको निर्माण गरिन्छ ।

सैनामैनाको पिपलडाँडामा बन्न लागेको रिफ्रेस सेन्टर दुई वर्ष भित्र सम्पन्न हुने गरि ३ करोड ५५ लाख ७१ हजारमा ठेक्का सम्झौंता भएको प्रदेश खानेपानी डिभिजन कार्यालयका प्रमुख ध्रुव धितालले जानकारी दिनुभयो

स्मार्ट सेन्टर भित्र स्मार्ट रेस्ट रुम, शौचालय, सावर रुम, पार्क, पार्किङ्गस्थल, सिटिङ्ग एरिया , पाथ वे, रोड एरिया, कार वासिङ्ग, चार्जिङ स्टेशन , ड्राईभर रुम बन्ने छ । रिफ्रेस सेन्टर नहुँदा यात्रुले जथाभावी दिशा पिशाब गर्दा राजमार्ग वरपरका जंगलहरु दुर्गन्धित बनेका थिए ।

सेन्टर सञ्चालनमा आएपछि कृषि क्षेत्रमा फाईदा पुग्ने र सफा राजमार्ग बन्नेमा निर्णायक भूमिका खेल्ने सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले बताउँनुभयो ।
प्रदेश सरकारले ल्याएको नयाँ अवधारणले सरसफाईमा थप टेवा पुग्ने र पुर्वपश्चिम यात्रा गर्ने यात्रुलाई थप सहज मिल्ने छ । सैनामैना– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी नेतृत्वले विवेक गुमाउँदा पार्टीमा समस्या आएको बताएका छन्। नेकपाको स्थायी कमिटी सदस्य समेत रहेका पोखरेलले नेतृत्वले गुमाएको विवेक फर्काउने अभियानमा लागेको उल्लेख गरे। रुपन्देहीको सैनामैना नगरपालिका ९ पिपलडाँडामा बन्न लागेको स्मार्ट रिफ्रेस सेन्टरको सिलन्यास गर्दै उनले भने ‘दुइवटा आन्दोलनका नेताहरुको विचको समझदारी नै न्युनतम सर्त हो । तर दुर्भाग्य कमरेड केपी ओली र प्रचण्डको असमझदारी नै आजको संकटको कारण बन्न पुगेका छ।’
भिन्न सिद्धान्त र कार्यदिशाबाट गुज्रीएर आएका पार्टीलाई समेत मिलाएको भन्दै पोखरेलले अहिलेको समस्यालाई पनि समाधान गर्ने दाबी गरे। ‘दुइ वटा पार्टीलाई मिलाउनु सामान्य र चानेचुने थिएन । हामीले कठीन कार्या जिम्मेवारीको रुपमा बहन गरेका थियौं ।’ उनले भने ‘समस्या आउने कुरा स्वभाविक हो । हाम्रो उदेश्य त्यो समस्यालाई पनि समाधान गर्ने।’
मुख्यमन्त्री पोखरेलले पुराना पुस्ताका नेताले राजनीतिक क्रान्तिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै त्यसको व्यवस्थापनमा आफूलाई कम्जोर बनाउन नहुने उल्लेख गरे। उनले हिजोको क्रान्तिको लागी गरेको आन्दोलनको नाममा आज व्यवस्थपन अवमुल्यन गर्न नमिल्ने तर्क गरे। सहमती र सहकार्य अहिले अपरिहार्य आवश्यक भएकाले कार्यकर्ताहरुले त्यसको लागि दबाब दिनुपर्ने मुख्यमन्त्रीको भनाइ थियो। पोखरेले अहिले देखीका राजनीतिक अस्थिरताका बाछिटालाई सामान  र सम्बोधन गर्ने दाबी गरे। पोखरेले छोटो समयमा संघियताको आधारभुत संरचना तयार गरेको दाबी गर्दै प्रदेशको आवधिक योजनाको कार्यान्वयनको चरणमा अघि बढेको जानकारी दिए। कानून निर्माणमा लुम्बिनी प्रदेश अग्रणी प्रदेशको रुपमा रहेको उनको भनाइ छ।

Comment As:

Comment (0)