ओझेल भित्रका सचेतना अभियान
No icon

नेसनल एकेडेमीद्वारा मटेरियामा टि-२० कृकेट प्रतियोगिता हुने

मङ्सिर १२ शुक्रवार, कञ्चन ।

नेसन कृकेट एेकेडेमिको आयोजनामा कञ्चन गाउपालिकाको वडा नं दुइ स्थित मटेरियामा टि-20 कृकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको भोलि बिहान आठ बजे प्रदेशसभाका सत्ता पक्षका प्रमुख सचेतक तथा सङ्गठन बिभाग प्रमुख भुमिश्वर ढकालले उदघाटन गर्ने कार्यक्रम रहेको प्रतियोगिता तयारिको अन्तिम चरणमा पत्रकार सम्मेलन गरि आयोजकले जानकारी दिएको छ।

प्रतियोगितामा ड्युज बलको प्रयोग गरि अन्तराष्टिय मान्यता अनुरुप खेलाइने भएको छ । आगामि दिनमा यस क्षेत्रबाट दक्ष कृकेट खेलाडि गर्ने र अन्तराष्टिय मान्यता अनुरुपको यस प्रतियोगिताले सिकारु खेलाडिहरुलाइ धेरै जानकारी दिने बिश्वास आयोजकको छ । ड्युज बलको प्रयोग गरि अन्तराष्टिय मान्यता अनुरुप प्रतियोगिता अगाडि बढने हुदा सबै जना आइ एकपटक हेर्नुपर्ने प्रतियोगिता हुने आयोजना मुल समितिका संयोजक मेघराज अर्यालले बताउनुभयो ।

कोभिड १९ सङ्क्रमणको बिच सुरक्षाका उपायहरु अपनाउदै प्रतियोगिता अगाडि बढने छ । खेल आयोजना सफल पार्नका लागि विभिन्न स्थानिय तह , गैरसरकारी सस्थाहरु र समाजसेवी व्याक्तिहरुबाट आर्थिक तथा भाेेतिक सामग्री सहयोग आइरहेकोले आयोजना सुसम्पन्न हुने बिश्वास आयोजकको छ ।

प्रतियोगितामा नेपाल भरबाट आठ अोटा टिमको सहभागिता रहेको छ । प्रथम बिजेतालाई पुरस्कार एकहक्तर हजार एक सय एघार रहेको छ । दोस्रो बिजेतालाइ पैतिस हजार पाच सय पचपन्न रहेको छ । एकेडेमीले दर्ता शुल्क एघार हजार किटान गरेको थियो प्रतिस्पर्धिबाट म्यान अफ द म्याच,म्यान अफ द सिरिज , बेस्ट बलर, बेस्ट ब्याटस् म्यान आदिलाइ पनि पुरस्कारको ब्यवस्था गरिएको छ । खेलहरु बिस अोभरका हुने छन । दिनमा दुइजोटा खेल हुनेछन ।

फाइनल खेल २० गते हुने जानकारी मुल समिति संयोजक अर्यालले दिनुभयो । सम्पूर्ण खेलहरु मटेरिया स्थित गाैतम बुद्ध आधारभुत बिद्यालयको छेउमा रहेको मैदानमा हुने छ ।

 

 

Comment As:

Comment (0)