ओझेल भित्रका सचेतना अभियान
No icon

नेपाली काङ्ग्रेसले बुझायो लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोख्रेललाई ज्ञापन पत्र

श्याम थापा

सुस्ता, १२ मंसिर

नेपाली काङ्ग्रेस क्षेत्र न १ पश्चिम नवलपरासी द्वारा विभिन्न माग सहित लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री शंकर पोख्रेललाई ज्ञापन पत्र बुझाएका छ्न ।

नेपाली काङ्ग्रेस क्षेत्र न १ का क्षेत्रीय सभापति मुकुल कुमार आचार्यको नेतृत्वमा गएको टोलिले लुम्बिनी प्रदेशको बुटवलमा रहेको मुख्यमन्त्रीको कार्यालयमा गएर उखु बाली बिक्री वितरणमा सहज वातावरणको निर्माण र किसानले मिललाई दिएको उखुको बक्यौताको तत्काल भुक्तानी,नेपाली केराको बजार ब्यवस्थापन र जन्मअधार नागरिक्ता लिएका ब्यक्तिहरुको सन्तानलाई नेपाली नागरिक्ताको ब्यवस्थापन बर्तमानको सरकारले पूरा गर्नु पर्ने ३ बुढे माग सहित मुख्यमन्त्री पोख्रेललाई ज्ञापन पत्र बुझाएको नेपाली काङ्ग्रेसका नेता एवं संविधान सभा सदस्य माननीय देवकरण कलवार सन्तुले जानकारी गराएका छन ।

नेता कलवारको अनुसार आफ्नो क्षेत्र उखु र केराको बालीमा पकेट क्षेत्र रहेको र उखु बालीलाई नगदेवालीको रूपमा भनिएता पनि यस बर्ष नेपाल सरकारले उखुको मुल्य निर्धारण नगरेको कारण किसानले सहज वातावरणमा चिनी मिललाई उखु बिक्री गर्न नसकेको र गत बर्ष चिनी मिललाई किसानहरुले दिएको उखुको मिलले भुक्तानी समेत नदिएपछि किसानहरु थप समस्यामा परेको,त्यस्तै नेपाली केराको बजार ब्यवस्थापन नरहेको र भारतीय केरा अत्याधिक नेपाल भित्रिएको कारणले गर्दा नेपाली केरा किसानहरु मर्कामा पर्ने र केराखेतीबाट पनि नेपाली किसानहरुमा निराशा छाउन सक्ने हुदा लुम्बिनी प्रदेश सरकारबाट यस समस्याको समाधान तत्काल गरिदिनको लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननीय पोख्रेललाई अनुरोध गर्नु भएको उनले बताए ।

त्यस्तै जन्मको आधारमा नेपाली नागरिकता पाएका ब्यक्तिको सन्तानले नेपाली नागरिकता नपाएको कारण कतीपय युवाहरुको भबिस्य अन्धकारमा रहेको,बेरोजगार र अनागरिक रूपमा बस्नु पर्ने बाध्यता रहेको यो सब हुनुमा बर्तमान सरकारको दोष रहेको नेता कलवारको आरोप छ ।

माननीय मुख्यमन्त्री पोख्रेलले ३ बुदे माग मध्येमा जन्मको आधारका नेपाली नागरिकका सन्तानलाई तत्काल नागरिकता दिन नसकिने आफ्नो धारणा व्यक्त गरेको नेता कलावारले सुस्ता सन्देशलाई बताए । त्यसैगरी उखु उत्पादक कृषक संघ लुम्बिनी प्रदेशका संयोजक एवं नेपाली काङ्ग्रेसका युवा नेता उमेशचन्द्र यादवले बर्तमानको सरकारले तत्काल उखु किसानहरुको बाँकी बक्यौता रकम भुक्तानीको लागी कडा कदम चाल्नु पर्ने र प्रदेश सरकार र स्थानीय सरकारको समन्वयमा प्रत्येक चिनी मिल गेट अगाडि एउटा सार्बजनिक उखु तौल मेसिनको ब्यवस्था गर्नु पर्ने जस्ता मुख्यमन्त्री पोख्रेललाई सुझाव दिएको यादवले बताए । 
 

Comment As:

Comment (0)