ओझेल भित्रका सचेतना अभियान
No icon

बुहारी समूहले बलत्कारीलाई कडा कारवाहीको माग गर्दै प्रधानमन्त्रीलार्इ ज्ञापन पत्र

बुटवल, मेची महाकाली बुहारी संयुक्त आवाजले जिल्ला प्रशासन कार्यालयलाई रुपन्देही मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ । ओलीलाई दिनप्रति दिन बढ्ढै गईरहेको बालिकाहरुको हत्या, हिंसा, बलत्कारका घटनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराएको छ । 
मेची महाकाली बुहारी संयुक्त आवाजका केन्द्रीय अध्यक्ष यमु शुब्बा र रुपन्देही जिल्ला अध्यक्ष लता खड्काद्धारा जारी विज्ञाप्तिमा राज्यले बलतकारीलाई फासी वा सर्वस्व सहित आजिवन कारेबासको सजायँ हुनुपर्ने माग गरिएको छ । बुहारी संयुक्त आवाजले अपराधीहरु पैसा र पहुँचको आधारमा खुलेआम उनमुक्ति पाउने दुर्भाग्य पूर्ण अवस्था रहेको बताइएको छ ।
ज्ञापन पत्रमा बर्दिवास १४ महोत्तरीकी ६ वर्षीया गुलाव खातुनको बलत्कार पछि हत्या भएको र कारोवाहीको माग गरी आन्दोलनको क्रममा संजय न्यौपानेकोमृत्यु भएको थियो । उक्त घटनाको समेत करोवाहीको कडा माग गरिएको छ । 
त्यस्तै बलत्कार पछि हत्या गरिएका निर्मला, सुस्मिता, करुणा, सम्झना, संन्ज, गुलाब जस्ता अवोध बालिकाहरुले अनाहकमा ज्यान गुमाउनु परेको प्रति कानुनी कारवाहीको माग गर्दै ज्ञापन पत्र बुझाइएको छ । 

Comment As:

Comment (0)