ओझेल भित्रका सचेतना अभियान
No icon

मान्छे हराएकाे सुचना

सोमबार छपिया/सियारी, रूपन्देही ।
 
रूपन्देहीको सियारी गाउँपालिका –५ बन्घुसरी, ९छपिया÷बैदौली० बाट गत पौष २० गतेदेखि हराउनुभएकी ७२ वर्षीया वृद्धा लक्ष्मी सुवेदीको परिवारले आफ्नी आमाको खोजी गरिदिन सबैसँग अनुरोध गरेको छ । धेरैकुरा बिर्सने समस्याका कारण बाटो बिराएर अन्यत्र जहाँ पुग्नुभएको भएपनि आफूहरूलाई खबर गरिदिन उहाँको परिवारले आग्रह गरेको हो ।

मीठो बोली भएकी, छोराहरूको नाम र आफ्नो घर बन्घुसरी एवम् छपिया भएको बताउन सक्ने र चिया पिउन रूचाउने उहाँको गत सात दिनदेखि धेरै ठाउँमा खोजी गर्दासमेत नभेटिएको भन्दै परिवारले दुःखेसो गरेको छ । साथै, आमासँग भेट गराइदिनेलाई दश हजार रूपियाँ पुरस्कार समेत दिने छोरा मञ्जिल सुवेदीले उल्लेख गर्नुभयो ।

२० गते घरबाट निस्कँदा कालो–पहेंलो लुंगी, हल्का रातो सल, स्विटर, कालो ऊनको टोपी र निलो चप्पल लगाउनुभएकी उहाँलाई २२ गतेतिर हरैया क्षेत्रका बासिन्दाले देखेको बताएपनि भेटाउन नसकिएको भन्दै वृद्धा आमाको उद्दार तथा कल्याणका लागि नजिकैको प्रहरी, सञ्चारमाध्यम वा आफ्नो मोबाइल ९८५७० ३९ ९९२ मा खबर गरी सघाउ पु¥याइदिन सुवेदीले अनुरोध गर्नुभएको छ ।

Comment As:

Comment (0)