ओझेल भित्रका सचेतना अभियान
No icon

नेपाल रेडक्रश शोसाइटी बर्दघाट उपशाखाको १० औँ बार्षिक साधारण सभा बुधबार बर्दघाटमा सम्पन्न

रामु भुषाल

        नेपाल रेडक्रश शोसाइटी बर्दघाट उपशाखाको १० औँ बार्षिक साधारण सभा बुधबार बर्दघाटमा सम्पन्न भएको छ ।

उपशाखाका सभापति नारायण अधिकारीको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको प्मुख आतिथ्यता एवं नेपाल रेडक्रश शोसाइटी जिल्ला शाखा पश्चिम नवलपरासीका महामन्त्री ऋषिराम सुवेदीको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्यालले सेवा नै धर्म हो भन्ने मुल उदेश्यका साथ गठित रेडक्रशले दैविक प्रकोप लगाएत मानविय सहायताका लागी उत्कृष्ट कार्य गरिरहेको बताउदै यसका अभियन्ताहरुले बिना लोभ र लालचका साथ सस्थालाई अगाडी बढाउनु पर्नेमा जोड दिनुभयो । बस्यालले बर्दघाट नगरपालिकाले पनि रेडक्रश संग सहकार्य गर्दै अघि बढ्ने र रेडक्रशलार्य नगरले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

कार्यक्रममा विशिष्ट सुवेदीले जिल्लाका अन्य उपशाखाले भन्दा बर्दघाट उपशाखाले राम्रो कार्यको थालनी गर्दै ब्यवसायिक भवन निर्मण गर्न लागेको प्रति सफलताको शुभकामना ब्यक्त गर्दै जिल्ला र केन्द्र बाट पनि त्यसको सहयोगका लागी आफु लागि पर्ने बताउनुभयो ।

सो अवसरमा सस्थाका सस्थापक अध्यक्ष पुण्य प्रसाद पौडेल, पुर्व सभापति कुल प्रसाद शर्मा, बर्दघाट वडा नम्बर ४ का वाडध्यक्ष एवं नगर प्रवक्ता रविन्द्र विक्रम हमाल, समाजसुेवी ईन्द्र प्रसाद सापकोटा, दिब्य ज्योती मावीका पुर्व प्रअ हुमनाथ आचार्य लगाएतले शुभकामना मन्तब्य ब्यकत गर्नुभएको थियो ।

कार्यक्रममा अध्यक्षको प्रगति प्रतिबेदन सभापति नारायण अधिकारीले प्रस्तुत गर्नुभएको थियो भने कोष तथा लेखाको रु २३ लाख २५ हजार बराबरको आय ब्यय विवरण र आगामी बर्षको अनुमानित आय ब्यय समेत शोसाइटीकी सह सचिव बुद्धिमाया अधिकारीले प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । शाखाकी सदस्य देवी पौडेलको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सचिव दिर्घ घिमिरेले गर्नुभएको थियो ।

सो अवसरमा शाखामा आबद्ध यसयसकर सदस्य, विशिष्ट सदस्य, आजिवन सदस्य, कार्य समितिका पदाधिकारी, जनप्रतिनिधि, पत्रकार लागएतको सहभागिता रहेको थियो । सो अवसरमा शाखाले बर्दघाट ४ को टिसिएन चोकमा दुई तले ब्यवसायिक भवन समेत निर्माणाधिन भवन सम्पन्न गर्नका लागी सहयोग गर्नुहुने सम्पुर्णलाई शाखाका सभापति अधिकारीले धन्यबाद दिदै आगामी दिनमा समेत सहयोगको अपेक्षा गर्नुभएको थियो । 

Comment As:

Comment (0)