ओझेल भित्रका सचेतना अभियान
No icon

रिडीमा मेला नलागेता पनि श्रद्धालुको भिड

गुल्मी जिल्लाको रुरु स्थित ऐतिहासिक क्षेत्र रिडीमा मागे सक्रान्ती मेला नलाग्ने भएको छ । गुल्मी, पाल्पा र स्याङ्गजा तीन जिल्लाको संगमस्थल रुरु गाउँपालिकाको रिडीमा माघे सक्रान्तीको अबसरमा रिडी स्थित कालीगण्डकी नदिमा नुहाउने तथा मेल अबलोकन गर्नेहरु जाने गर्दथे ।
 यसवर्ष कोरोना महामारी कारणले गर्दा रिडीमा लाग्ने मेलाका सम्पूर्ण कार्यक्रमहरु नगरिएको रुरुक्षेत्र गाउँपालिका वडानम्बर १ का वडाअध्यक्ष रामलाल बिश्वकर्माले जानकारी दिए । तर यसवर्ष रिडी स्थित कालिकगण्डकी क्षेत्रमा स्नान गर्न भने श्रदालु भत्तजन पुग्ने गरेका छन् ।
अघिल्ला वर्षहरुमा जस्तै श्रदालुभत्तजनहरु बिहानैदेखि आउने गरेको रुरुक्षेत्र रिषीकेश मन्दिरका पण्डीत चुरामणी तिमिल्सीनाले बताए ।
माघे सक्रान्ति देखि तीनदिन सम्म कालीगण्डकीमा स्नान गरेर हृषीकेश मन्दिरको दर्शन गरेमा मोक्ष प्राप्तहुने विश्वास छ । हिन्दु धर्ममाविश्वास राख्नेहरुको बिहानैदेखि रिडीमा जमघट भएको हो ।
चार धाममध्यको प्रशिद्ध धार्मिक स्थल रुरु ९रिडी० मा माघे सक्रान्तिमा नुहाउने भीडभाड लाग्ने गर्दछ । माघे सक्रान्तिमा रिडी गएर ननुहाएमा मनोकांक्षहरु पुराहुनेसँगै सन्तोष नहुने भक्तजनहरुको भनाई रहेको छ ।
गुल्मी, पाल्पा र स्याङ्जाजिल्लाको संगम स्थल रिडीमा माघे सक्रान्तिको अवसरमा स्नानगर्नाले देव ऋण, पितृ ऋण तिरिने धार्मिक विश्वास छ । भुल गरेर गरेका पाप नष्टसँगै मन शान्तिकालागि रिडी मेलामा आउने भक्तजनको भनाई रहेको छ ।
यस क्षेत्रमाप्राचिन समयमा देबदत्तऋषिले तपस्या गरेको धार्मिक मान्यता छ । रुरु क्षेत्र धार्मिक, पौराणिक, ऐतीहासिक तथा पर्यटकीय दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिन्छ । रुरु क्षेत्रको हृषीकेश मन्दीरमा नेपालकै सबै भन्दा ठुलो भगवानको मुर्तीपनि रहेको छ । 
मगरहरूले आफ्नो ऐतिहासिक परम्परागत पर्वको रुपमा माघे संक्रान्तिलाई मान्दै आएको पाइन्छ । विशेषगरी आजको दिन छाटो दिन र लामो रात हुने गर्दछ । प्रकृतिसँग जोडीएको यस पर्व देखी अन्न बालीहरु छ्र्ने, रोप्ने गरिन्छ  ।मगर समुदायमा माघे सक्रन्तीको दिन  तरुल,  भ्याकुर, खिचडी, सेलरोटी बंगुरको मासु लगाएतका परिकारहरु बनाएर आफ्न्त चेली बेटीहरुलाई खाने खुवाउने गरिन्छ । 
त्यसै गरी हरेक वर्ष माघको पहिलो दिन थारू जातिले माघी पर्व मनाउने गर्छन्। यस वर्ष पनि काठमाडौंलगायत थारूहरूको बहुल्यता भएको विभिन्न ठाउँमा माघी पर्व मनाईएको छ। 
माघीमा मिठो मिठो परिकारहरू बनाएर खाने प्रचलन छ। यस पर्वमा मौलिक परिकारहरू चिचर ९भत्कुन०, सितुवा, घुगी, हाँसको मासुलगायतका परिकारहरु बनाएर खाने गरिन्छ। साथै आफ्नो कला, संस्कृति झल्किने पोसाक लगाएर धुमधामसँग माघी मनाईने गरिन्छ।


सधै जसो यस वर्ष पनि रिडीमा विशेषगरि कम्मल, काम्ला, राडी पाखी, वाँस तथा चोयावाट निर्मित सामग्रिहरु, ओखरका घाँजी लगायतका वस्तुको राम्रो व्यापार हुने गरेता पनि यस वर्ष उल्लेखिए रुपमा भक्तजन र मेला हेर्न आउनेहरुको संख्या न्युन रहेको छ । 
व्यापार तथा धार्मिक पर्यटनका लागि व्यपारिहरु रुकुम रोल्पालगायतका ठाउँवाट रिडी आउने गर्दछन् । अघिल्लो वर्षहरुमा व्यवस्थित रुपमै मेला लाग्ने गर्दथ्यो ।
तर यसवर्ष व्यापारीहरु स्वतस्फुर्त रुपमा व्यपारको लागि केहि व्यापारीहरु आएको स्थानीय सुन्दर कसजुले बताए । व्यापारिक स्टलहरु नबनाइए पनि केहि व्यवसायीहरु बिभिन्न सामाग्री लिएर आएको कसजुले बताए ।
माघे सक्रान्तिको अबसरमा सेतीबेनी, रुद्राबेणी, लेक पोखरा छापहिले, छल्दी लगयतका स्थानमा पनि मेला लाग्ने गर्दथे ।

Comment As:

Comment (0)