ओझेल भित्रका सचेतना अभियान
No icon

एक्सेस् ५ औँ ब्याचको १४ औँ कार्य कुशलता तथा सिकाई ब्यवस्थापन कार्यशाला गोष्ठी शनिबार बर्दघाट २ मा सम्पन्न


रामु भुसाल,
ग्रामिण बचत तथा ऋण सहकारी सस्था बर्दघाटको आयोजना तथा नेप्स्कुनको सहकार्यमा एक्शेस ५ औँ ब्याचको १४ औँ कार्य कुशलता तथा सिकाई ब्यवस्थापन कार्यशाला गोष्ठी शनिबार बर्दघाट २ मा सम्पन्न भएको छ ।

सस्थाका अध्यक्ष देवी प्रसाद अधिकारीको अध्यक्षता तथा जिल्ला बचत तथा सहकारी संघ नवलपरासी बुटवल फिल्ड कार्यालय ब्यवस्थापन उप समिति सदस्य एवं सस्थाका सल्लाहकार रविन्द्र विक्रम हमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा ५ जिल्लाका १० सहकारीका पदाधिकारी, सस्थाका कर्मचारी, सञ्चालन समितिका पदाधिकारी लगाएतको सहभािगता रहेको थियो ।

कार्यक्रममा सस्थाको प्रगति प्रसितबेदन सुधार गर्नुपर्ने कुराहरु र नैतिक योजना, नविनतम कामहरु र आगामी योजनाका साथै नेप्स्कुनले सरकार संग गरेका समन्वयका बारेमा नेप्स्कुनका सहजकर्ता प्रेम नाथ वाग्लेले सहजिकरण गर्नुभएको थियो । सस्थाका सह सचिव देवी दत्त सापकोटाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन एक्सिस कार्यदल समयोजक कृष्ण प्रसाद गौतमले गर्नुभएको थियो ।

Comment As:

Comment (0)