ओझेल भित्रका सचेतना अभियान
No icon

समावेशी बहुद्धेश्यि सहकारी सस्थाकाे १२ औँ बार्षिक साधारण सभा  सम्पन्न


रामु भुसाल,
समावेशी बहुद्धेश्यि सहकारी सस्था सुनवल ५ बनकट्टी १२ औँ बार्षिक साधारण सभा सुनवल ५ बनकट्टीमा शनिबार सम्पन्न भएको छ ।

सस्थाका अध्यक्ष लोक प्रसाद श्रेष्ठको अध्यक्षता तथा लेखा परिक्षक हिमानसिँह केसीको प्रमुख आतिथ्यतामा सम्प्न्न भएको कार्यक्रममा प्रगति प्रतिबेदन अध्यक्ष श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष राम प्रसाद सुवेदीले ३४ लाख ९० हजार बराबरको आर्थिक आय ब्यय विवरण प्रस्तुत गर्दै आर्थिक बर्ष ०७६, ७७ मा सस्थाले १२ हजार ५४ रुपिया शुद्ध नाफा गर्न सफल भएको बताउनुभयो ।

सो अवसरमा सस्थाका लेखा समयोजक हेमराज गुरुंगले लेखा समयोजकको प्रतिबेदन प्रस्तुत गर्दै सस्थाको शेयर सदस्य संख्यामा बृद्धि गर्दै सेयर पुजी बृद्धि गर्ने र बहुद्धेश्यि कार्यहरु गर्ने लक्ष्य लिएको बताउनुभयो । कमली रोक्का मगरको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सस्थाका सचिव कृष्ण प्रसाद काफ्लेले गर्नुभएको थियो ।
 

Comment As:

Comment (0)