ओझेल भित्रका सचेतना अभियान
No icon

महिला पत्रकारका लागि दुुई दिने तालिम सञ्चालन

बुटवल उपमहानगरपालिकाको आयोजना तथा सञ्चारीका समूह रुपन्देहीको समन्वयमा पत्रकार महिलाका लागी दुुई दिने कानुनी सचेतना तालिम सञ्चालन गरिएको छ । विहिबार र शुक्रबार दुइ दिनसम्म पत्रकार महिलाका लागि तालिम सञ्चालन गरिएको हो ।

तालिममा लैंगिक हिंसा तथा महिला अधिकारका बारेमा जानकारी मूलूक प्रशिक्षण दिइएको थियो । तालिममको शुक्रबार समापन गर्दै बुटवल उपमहानगरका उपप्रमुख गोमादेवी आचार्यले पत्रकार महिलाहरुले नै महिलाका बिषयलाई गहिराई पुगेर समाचार ल्याउन सक्ने भन्दै त्यसैका लागि तालिम आयोजना गरिएको बताइन ।

पत्रकारले नै समाजलाई परिवर्तन गराउने भन्दै स्थानीय सरकार र नागरिकलाई जोड्ने काममा पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने उनले बताईन ।

कार्यक्रमा सञ्चारिका समुह रुपन्देही निर्बतमा अध्यक्ष अमृता अनमोल, सञ्चारीका समूह रुपन्देहीका रिका समुहका अध्यक्ष निरु गौतम, सहभागीको तर्फबाट मनु खड्का , सीता प्रोतेलले तालिम फलदायी भएको बताए ।

तालिममा उच्च सरकारी वकील कार्यालय बुटवलका सह न्यायाधीवक्ता मोहन सागर बस्याल, कानुन सचीव राजेन्द्र थापा र कानुन मस्यौदा तथा सुझाव कार्यदलका सदस्य खुमकान्त पौडेलले नेपालका ऐन कानुनमा भएका ब्यवस्था, स्थानीय सरकारका काम कर्तव्य अधिकार, मुलुकी देवानी संहिता लगायतका विषयमा प्रशिक्षण दिएका थिए । तालिममा रुपन्देहीका ३७ जना पत्रकार महिलाको सहभागीता थियो ।

Comment As:

Comment (0)