ओझेल भित्रका सचेतना अभियान
No icon

सूर्यनगर रंगशालामा संचालीत छैठौं सूर्यनगर गोल्ड कपको उपाधि खनाल ब्रदश, रुपन्देहीलाई

रामु भुसाल,
नवलपरासीको बर्दघाटमा गत फागुन १० गते देखि शुरुभएको छैठौं सूर्यनगर गोल्ड कप–२०७७ मा  खनाल ब्रदश,रुपन्देही विजयी भएकोे छ । खनाल ब्रदश,रुपन्देहीले लेखनाथ यूनाईटेड,कास्कीलाई ।ट्राईवेकरमा ६ गोलका विरुद्ध ७।गोल गरी छैठौं सूर्यनगर गोल्ड कप–२०७७को उपाधि हातपार्न सफल भएको हो खेलको पहिलो हापमा कास्कीका जर्सी नं. १० का अमिर श्रेष्ठले पहिलो गोल गरेभने त्यसको जवाफमा २ मिनेट भित्र रुपन्देहीका जर्सी नं. ६ का अमित तामाङ्गले जवाफी गोल गरेपछि निर्धारीत समयमा खेल बराबरी भएको थियो । खेलको ट्राईवेकरमा  खनाल ब्रदश,रुपन्देहीले ७ गोल र लेखनाथ यूनाईटेड,कास्कीले ६ गोल गरी १ गेलको अन्तरले छैठौं सूर्यनगर गोल्ड कप–२०७७ को उपाधि हातपार्न सफल भएको हो । खनाल ब्रदश,रुपन्देहीले यस अघि अभिशेक चर्च रजहर र वि.एफ.सि. भरतपुरलाई ३/३ गोल गरी फाईनल खेलमा प्रवेश गरेको हो ।

त्यसैगरी लेखनाथ यूनाईटेड,कास्कीले यस अघि नेपाल गञ्जलाई ३ गोल र फर्साटिकरलाई १ गोलगरी फाईनलमा प्रवेश गरेको हो । नेपालका ४ प्रदेशहरुका १२ टिमले सहभागिता जनाएको प्रतियोगितामा विजेता टिम खनाल ब्रदश, रुपन्देहीले  ५ लाख नगद सहित मेडल र ट्रफि प्राप्त गरेको छ भने उप विजेता टिम लेखनाथ यूनाईटेड,कास्कीले ३ लाख नगद सहित मेडल र ट्रफि मा चित्त ब’झाएको छ । त्यसैगरी प्रतियोगिताको विभिन्न पांच विद्यामा उत्कृष्ट भएका खेलाडीहरुलाई समेत जनही पांच हजारका दरले पुरस्कृत गरीएकोे छ ।

नव युवा क्लव बर्दघाट –१६ सूर्यनगरले आयोजना गरेको सूर्यनगर गोल्ड कपका विजेता तथा उप विजेतालाई बर्दघाट नगर प्रमुख धिरज शर्मा बस्यालले पुरस्कार वितरण गर्नु भएको थियो । बर्दघाट नगरपालिकाको संरक्षकत्वमा सूर्यनगर रंगशालामा संचालन भएकोे छैठौं सूर्यनगर गोल्ड कप–२०७७ को समापन कार्यक्रम आयोजक संस्थाका अध्यक्ष भिमकाजी गुरुङ्गको अध्यक्षतामा भएको थियो ।

Comment As:

Comment (0)