ओझेल भित्रका सचेतना अभियान
No icon

तेस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता रुपन्देहीको गैडहवा मा सम्पन्न

गैडहवा । गैडहवा गाउपालिकाद्धारा सञ्चालित तेस्रो राष्ट्रपति रनिङशिल्डको प्रथम उपाधि हसनापुर माध्यमिक बिद्यालयले हात पारेको छ । हसनापुरले ९ स्वर्ण, ४ कास्य, र ४ रजत गरी १७ पदकका साथ प्रथम स्थान हासिल गरेको हो । यस्तै महेन्द्रनगर माध्यमिक बिद्यालय ७ स्वर्ण , ६ कास्य र ३ कास्य गरी दोस्रो भएको छ । भने चार स्वर्ण, २ कास्य ४ रजत गरी १० पदकका साथ तेस्रो भएको छ ।
बिजेताहरुलाइ सम्मान गर्दै बिद्यार्थिको मिहेनतले कार्यक्रमका आयोजन ागर्न हौसला मिल्ने गैडहवा गाउपालिकाका अध्यक्ष बच्चुलाल केवटले बताउनुभयो । केवटले गैडहवामा राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको भन्दै आउदा दिनमा अझ परिस्कृत रुपमा यस कार्यक्रमको आयोजना गरिने बताउनुभयो ।
प्रतिभा प्रस्फुटन गरााउन बिद्यार्थिहरुले महत्वपुर्ण अवसर प्राप्त गरेको भन्दै जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरका प्रतियोगितामा जान यस कार्यक्रमले सहयोग गर्ने कार्यक्रमका बिशिष्ट अतिथी गाउपालिकाका शिक्षा  शाखा अधिकृत माधवराज पौडेलले बताउनुभयो ।

राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद र सबैका लागि खेलकुद भन्ने मुल  नाराका साथ चार दिने कार्यक्रम गरिएको हो ।

रास्ट्रपति रनिङ्गशिल्डमा खेलकुद कार्यक्रम अन्तरगत खेल समयावधि भर भलिबल , कपर्दि , सटफुट रिलेदौड दौड लगायतका खेल भएका छन । सम्पुर्ण खेलमा प्रथम ,द्धितिय र तृतिय भएका खेलाडि हरुलाइ सम्मान गरिएको थियो ।

Comment As:

Comment (0)