ओझेल भित्रका सचेतना अभियान
No icon

युटर्न इन्टरनेशनल प्रा लिले प्रथम स्थापना दिवस सम्पन्न गर्याे

युटर्न इन्टरनेशनल प्रा।लि ले आफ्नो  प्रथम स्थापना दिवस विशेष  कार्यक्रमका साथ मनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि माननिय जलस्राेत एवम् सञ्चार मन्त्री टोपबहादुर रायमाझीले कार्यक्रमलाई सम्बोधन गर्दै  कृषिमा  परम्परागत  विधिबाट आधुनिकरण, व्यवसायीकरण र वैज्ञानीकरण गर्दै ल्याएपछि युर्टन हुने बताउनु भयो । परम्परागत व्यावसायलाई आफ्नो मौलिकता सहितको  आधुनिकरण गनुपर्ने र त्यो पनि एउटा युर्टननै रहेको बताउनु भयो । जुन मेराे मनकाे कार्य युटर्नले गरेकाेमा बधाइ समेत दिनु भयाे । नेपाल भौगोलिक बनावटको रुपले पनि एकदमै सुन्दर देश छ । तराई, पहाड र हिमालमा विभिन्न किसिमका मौसम हावा पानी देखि  लिएर विभिन्न जडिबुटीहरु, फलफुलहरु पाइने गर्दछ । र उक्त स्राेतहरुलाई सहि ठाँउमा प्रयोग गरि औषधी लगाएतका विभिन्न आवश्यक बस्तुहरु ल्याउन सके जनताको आय स्राेतसमेत बढाउन सकिने र विदेशहरुमा पनि निर्यात गर्न सकिने बताउनु भयो । सिस्टम बनाएर  उद्योग व्यावसाय गर्यौ भने हामी विदेश जान नपर्ने र घर घरमा रोजगार गराउन सकिने उहाँले बताउनु भयो ।  

एसियाकै मुख्य मौरी बैज्ञानिक डा. रत्न थापा

 ्त्यसैगरि कार्यक्रममा बिशेष अथितीहरु एसियाकै मुख्य मौरी बैज्ञानिक डा रत्न थापा , बाग्लुड जिल्लाका पुर्ब जि बि स सभापति एबम समाजसेबी लिलाबहदुर थापा,सभासद मना केसी बानिज्य अफ चेम्बर अफ कमर्सका उपाध्यक्ष लुम्बिनी प्रदेसका सयोजक भिमलाल पौडेल,  लोक दोहरी प्रतिष्ठनका अध्यक्ष रमेश बिजि, क्यान्सर पीडित निकाे भएका कर्न बि क, कम्पनीका लिडर बिस्नु के सि , भोज कुमरी त्रीपाठी  लगायतले कम्पनीलाइ शुभकामना दिनु भएकाे थियाे । युटर्नका देश भरका उत्साही व्यवसायीहरुको कार्यक्रममा उपस्थिती रहेको थियो ।

अध्यक्ष युवराज श्रीस


कम्पनीका अध्यक्ष युवराज श्रीसले  मौरी जन्य बस्तुबात विभिन्न रोग निबारन गर्ने बिश्वाससाथ छ पन्ध्रसय बितरक रहेको र  बिदेशमासमेत  पुर्याउने याेजना रहेकाे उहाँले प्रतिबद्धता दिनु  भयो । कम्पनिको उद्देश्यको बारेमा प्रबन्ध निर्देशक बलराम सुवेदीले प्रकास पार्नु भएकाेृ थियाे । उहाँले अहिले सम्म चार हजार बिरामी निको भएको र युर्टनकाे माध्यमलेआफु पनि परिवर्तन भई  अरुकाे स्वास्थ्य र समृद्िमासमेत पनि परिवर्तन गराउन सकिने बताउनु भयो । 

प्रबन्ध निर्देशक बलराम सुवेदी


कार्यक्रमको संञ्चालन मार्केटिङ डाईरेक्टर अर्जुन गिरी, स्वागत मन्तव्य निर्देशक सुवास केसी, र अध्यक्ष  युवराज श्रीसको अध्यक्षमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमममा देश भरिमा बितरक लिडरहरुलाई अवार्ड प्रदान गरिएको थियो भने कार्यक्रम काठमाण्डौकाे बसुन्धरा स्थित गाेधुली फुडल्याण्डमा सम्पन्न भएको थियो ।

Comment As:

Comment (0)