ओझेल भित्रका सचेतना अभियान
No icon

स्वर्गीय रामनाथ ढकाल का सपना सबै हामी पूरा गर्छौ राष्ट्रिय सभा माननीय भट्टराई

रुपन्देही सैनामैना, स्वर्गीय रामनाथ ढकाल नेकपा एमाले का पुर्व सांसद हुन सम्पुर्ण जनताको मानसपटलमा रहेको राष्ट्रिय सभामा सत्ता पक्षका प्रमुख सचेतक सांसद खिमलाल भट्टराइले बताउनुभएको छ । स्वः नेता रामनाथ ढकालको छैठौ स्मृती दिवसको अवसरमा सहिद नारायण पोखरेल रामापुर ्रक्याम्पसमा रहेको अनेरास्ववियुले आयोजना गरेको मैत्रिपुर्ण फुटबल प्रतियोगिताको उद्धाटन गर्दै प्रमुख अतिथी समेत रहनुभएका सांसद भट्टराइले सो कुरा बताउनुभएको हो ।

स्वर्गीय रामनाथ ढकाल को  निधनले पार्टि र देशलाइ र यो रुपन्देही क्षेत्र लाई  अतुलनिय क्षति पुगेको र अबका युवाले नेता ढकालका सपनालाइ अङ्गिकार गरि हिडनुपर्ने सांसद भट्टराइको धारणा रहेको छ । यस क्षेत्रमा नेता ढकालले देखेका सपना पुरा गर्ने बाटोमा स्वयम आफु सँगै सिङ्गो नेकपा एमाले र यस क्षेत्रका जनप्रतिनिधिहरु लागेको भट्टराइले बताउनुभयो ।
उहाँ ले देखेका सबै जनताको सपना दुखी गरिव लाई सेवा र सजिलो संग काम गर्न र सबै जनता को मन मस्तिष्कमा बस्न सफल भएको भट्टराई ले बताउनु भयो 

रुपन्देही निर्वाचन क्षेत्र नं ५ को बिकासप्रेमि नेताको रुपमा नेता ढकाल चिनिनुहुन्थ्यो ।उहाँ बिद्यार्थी आमा समुह क्लब को प्यारो नेता भएनि गुमान पर्दा धेरै दुखित भएको सम्पूर्ण ले बताएका थिए स्वर्गीय  ढकाल अनेरास्ववियुको पुर्व केन्द्रिय अध्यक्ष समेत हुनुभएको थियो ।
बि एड र बि बि एस दुबै सङकायका स्नाातक तहका बिद्यार्थीहरुmे आफुहरुमा दुइ टिम गराइ मैत्रीपुर्ण फुटबल खेलेका हुन । जसमा एउटा टिमको सुमित सापकोटा र अर्को टिमको सन्देश पन्तले नेतृत्व गर्नुभएको थियो ।

जसमा सन्देश पन्तको नेतृत्वमा रहेको टिम बिजय भइ मेडल र प्रमाण हात पारेको छ ।

कार्यक्रम अनेरास्ववियू सहिद नारायण पोखरेल रामापुर क्याम्पस कमिटीका अध्यक्ष अर्जुन पाण्डेको अध्यक्ष्यता, राष्ट्रिय सभामा सत्ता पक्षका प्रमुख सचेतक खिमलाल भट्टराइको प्रमुख आतिथ्यता, नेकपा एमालेका प्रदेश सदस्य भुमिलाल सापकोटा, नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नै लुम्बिनी संयोजक नर बहादुर धर्ति , सैनामैना सातका वडा अध्यक्ष डिलाराम बेलबासे ,अनेरास्ववियुका नेताहरु, सहिद नारायण पोखरेल रामापुर क्याम्पसका क्याम्पस प्रमुख यदुलाल पन्त, पुर्व क्याम्पस प्रमुख दिनेश पन्थि, सैनामैना नयरपालिका नगर खेलकुद अध्यक्ष किशोर राना  सञ्चारक्रमी दिनेश घिमिरे अनेरास्ववियु नेता लेखनाथ खनाल लगायतको आतिथ्यतामा भएको । उक्त कार्यक्रम सुमित सापकोटाको संयोजकत्वमा भएको हो भने कार्यक्रमको संञ्चालन क्याम्पस कमिटी संचिव धनऋषि शर्माले गर्नुभएको थियोे

Comment As:

Comment (0)