ओझेल भित्रका सचेतना अभियान
No icon

अाज मे १ तारिख, अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

अन्तर्राष्ट्रिय श्रमिक दिवस मे १ तारिखको दिन विश्वमा अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाइने पर्व हो। यस दिन विश्वका ८० भन्दा बढी राष्ट्रहरूमा आधिकारिक रूपमा सार्वजनिक विदा हुन्छ भने कतिपय राष्ट्रहरूमा सामान्य रूपमा मनाइन्छ। विश्वका धेरै राष्ट्रहरूमा यही दिनलाई आधिकारिक मजदुर दिवसको रूपमा मनाइन्छ भने केही राष्ट्रहरूमा यस दिन बसन्त ऋतुको पर्व मे दिवसको रूपमा मनाइन्छ। त्यस्तै अमेरिका लगायतका केही राष्ट्रहरूमा मजदुर दिवस अलग्गै दिनमा मनाइने गरिन्छ।अन्तराष्ट्रीय श्रमिक दिवसको पुर्वसन्ध्यामा श्रम गरी खाने सम्पूर्ण श्रमिकवर्गलाई हार्दिक सुभकामना व्यक्त गर्दछु ।
१९ औँ शताब्दिको औधोगिकीकरणमा यूरोपका उधोगपतीहरूले दैनिक १५ घण्टासम्म न्यून पारिश्रमिकमा श्रमशोषण गरीरहेको कहालीलाग्दो परिस्थितिका बीच त्याहाँका मजदुरहरूले १ मे १८८६ का दिन त्यसका विरुद्ध समानता,उपयुक्त श्रमज्वाला,उचित विदा सुविधा, र श्रम वातावरणको लागि एकीकृत हुने उद्घघोस गरे र ८ घण्टा काम ८ घण्टा आराम र ८ घण्टा मनोरन्जनको एक दिवसीय समय विभाजनको माँग गरे । सिकागोमा यही माग सहीतको मजदुरहरूको शान्तिपूर्ण पर्दशनकारीहरूमाथी गोली चलाउंदा थुप्रै प्रदशनकारीको हत्या भयो र ४ में का दिन आक्रोसित पर्दशनकारीद्वारा बमविष्फोट गर्दा ४ प्रहरीसहीत ७ जनाको मृत्यु भयो , त्यसपश्चात घटनाको मुख्य षड्यन्त्रकारी र दोषीको रूपमा ८ जना निर्दोषलाई पक्राउ गरी फाँसी दिइयो । यसकै ३ वर्षपछी ँचभलअज क्यअष्बष्कित एबचतथ ले मे १ लाई ९ श्रमीकहरु एकीकृत हुने घोषणा गरेको दिन ० क्ष्लतभचलबतष्यलब िध्यचपभचक म्बथ को रूपमा मनाउने घोषणा गर्यो परिणामस्वरूप हामीपनी यो दिनलाई मनाउंदै आयका छौं । यो वर्ष विगतका वर्षहरुझै रहेन विश्वभर फैलीयको ऋइच्इल्ब् माहामारीका कारण सायद इतिहासमै पहिलोपटक आज पुरा विश्व टक्क अडियको छ आजका दिनमा सवैभन्दा बढी ऋइच्इल्ब् र जीवनसँग कोही कठीन लडाँई लडिरहेको छ भने त्यो मजदुर हो श्रमिक हो । विश्वमा त्यस्ता धेरै श्रमीक छन जो साँझ खान र वस्नको निमित्त मात्रै आफ्नो भरदिन श्रममा खर्चीरहेका हुन्छन । यही चुनौतिपूर्ण परिस्थिति आज नेपालले पनि व्यहोरीरहेको छ । महामारी नियन्त्रणमा अहोरात्र शारीरिक हैरानी र मानसिक तनावको प्रवाह नगरी  महामारी विरुद्दको लड़ाईको अग्रमोर्चा सम्हालिरहनुभयका सुरक्षाकर्मी, स्वास्थ्यकर्मीको उचीत सुरक्षा सुनिश्चतता र श्रमको उचित सम्मानजनक मुल्यांकन र यस महामारीलाई परास्त गर्ने उच्च मनोबलसहीतको प्रेरणा जोस र साहस प्राप्त होस । वौद्दिक श्रमिक वर्ग लगायत सवै श्रमिक वर्गको न्यायिक व्यवस्थापनमा यो श्रमिक दिवसले जोड देओस ।

यसरी नेपालमा चाहिँ ठीक आज भन्दा करिब ५६÷५७ वर्ष देखि मज्दुर दिवस मनाउदै आएको छ । विशेषतः नेपालमा श्रमिकहरुले यस दिन मालिकहरुलाई आफ्नो अधिकारको लागि दबाब दिने कार्यक्रम  गरेर मनाउँछन । नेपालमा जति पटक परिवर्तनका निम्ति आन्दोलन भएका छन् त्यसमा मजदुरहरुले अग्रणी भुमिका निर्वाह गरेका छन। फेरि पनि यत्रो बलिदानी दिने मजदुरहरुको हालत हेर्ने हो भने हातमा लागे शून्य नै छ । नयाँ संविधान त बनेको छ तर संबिधान अनुसार चल्ने को रु मालिकबाट भएको अन्यायको विषयमा बोल्ने फुर्सद कसलाई, बिचरा जीविकोपार्जन गरेर बसेको मजदुरहरुले आफ्नो मालिकको बिषयमा कसरी चोर औंला उठाओस् । अनि रह्यो मज्दुर संगठनको सवाल । के मजदुर संगठनले यो क्रियाकलाप पुर्ण रुपले हल गर्न लागि परेको छ त रु त्यसो भए सम्पुर्ण श्रमिकहरुले ८ घण्टा काम, न्युनतम तलब, वार्षिक छुट्टी वा संविधान अनुसारको अधिकार आदि इत्यादी पाइरहेका छन त रु त्यसैले आज मनाउँदै गरेको मजदुर दिवसमा मजदुरका नेतृत्व गर्नेहरुले ठुलाठुला स्वरमा भाषण मात्र गर्ने हैन आफुले बनाएको धरातल पनि हेर्ने गर्नुपर्छ।

नेपालमा मजदुर संठन बनेर मजदुरको हकहितको निम्ति सांगठनिक काम गर्न थालेको पनि निकै भइसक्यो तर पनि नेपालमा हिजो संगठन नबन्दाको समयमा जस्तो थियो त्यस्तै नै छ । हिजो सामन्तवाद युग थियो मालिकलाई यथासक्दो मजदुरको आवश्यक थियो आजको समय पुँजीवादी छ र समय बिज्ञान प्रविधिसँग निर्भर छ अनि मजदुरको कम आवश्यकता छ । जसरी सामन्तवाद वा दास युगको समयमा मजदुरलाई शासन गर्ने प्रणाली फरक थियो आज विज्ञान प्रविधिको समयमा केही फरक भएको छ।

तर पनि नेपाल जस्तो देशमा मजदुरको हालत हेर्नेको हो भने हिजो सामन्तवादको समय र आजमा केहि फरक छैन । हामी मज्दुर दिवस त मनाउछौ तर कसले मनाउछौ भन्ने कुरा निकै फरक छ । अहिलेको पूँजीवादी समयमा हेर्ने हो भने, नेपालमा विषेश गरि मध्यम वर्गीय परिवारबाट जो कुनै होटेलमा, अलि राम्रो ट्रेड मार्क बोकेको रेष्टुरेन्टमा, कुनै नाम चलेको उद्योगमा आदिमा काम गर्ने मजदुरहरुले मजदुर संगठनद्वारा मजदुर दिवस जोड्दारले मनाउँछन । उनिहरुले आफ्नो हक अधिकारको निम्ति लड्नु वा पाउनु एकदमै सहि पनि हो तर अब सरकारले यहि मजदुरलाई देखाएर वा मज्दुर संगठनले यहि मजदुरलाई देखाएर हक अधिकार सु–सम्पन्न बनाको छु भन्न मिल्छ त रु मुठ्ठिभरको मजदुरलाई देखाएर मजदुर संगठनले व सरकारले मुखमा बुजो हालेर बस्न मिल्छ रु

के मज्दुर भनेको ती होइनन जो बिहान बेलुकाको छाक टार्न कै निम्ति आफ्नै मजदुरीुँग निर्भर हुन्छन । ती मजदुरले पक्कै पनि मजदुर दिवसमा भाग लिन जाँदै जादैनन किन भने त्यो दिन काम नगरिकन मजदुर दिवस मनाउन वा कुनै सभा वा ¥यालीमा भाग लिन गएमा उनिहरुको त्यो दिन चुलोमा आगो बल्दैन त्यसैले देश बिकास छ कि छैन अनि मजदुरको जिवनमा के कत्तिको सकरात्मक परिवर्तन आएको छ कि छैन भनेर सांगठनिक ओहोदामा जीवन बिताइ रहेकालाई हेरेर मुल्यांकन गर्नु भन्दा त्यो सामन्तवादकै समयमा जस्तो मजुरी गरेका मजदुरहरुलाई नि हेर्नू आवश्यक छ।

Comment As:

Comment (0)