ओझेल भित्रका सचेतना अभियान
No icon

शनिबार काेराेनाका ५ हजार ७६३ जना नयाँ संक्रमित थपिए, १९ जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा देशभर काेराेनाका थप ५ हजार ७६३ नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलयलले जारी गरेकाे पछिल्लाे तथ्यांक अनुसार १४ हजार ९६९ जनामा परीक्षण गर्दा थप ५ हजार ७६३ नयाँ संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको कुल संख्या ३ लाख २३ हजार १८७ पुगेको छ । जसमध्ये ३८ हजार ८१३ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप १९ जना काेराेना संक्रमितको मृत्यु भएको छ । याेसँगै हालसम्म देशभर काेराेनाका कारण ३ हजार २९८ जना संक्रमितको मृत्यु भइसकेकाे छ । त्यसैगरी, १ हजार २८७ जना संक्रमित निको भएका छन् ।

Comment As:

Comment (0)