ओझेल भित्रका सचेतना अभियान
No icon

लुम्बिनीमा मुख्यमन्त्री पोखरेलविरुद्ध ४२ सांसदको हस्ताक्षरसहित धर्ना

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शंकर पोखरेल नियुक्त

बुटवल– लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख धर्मनाथ यादवले नेकपा ९एमाले० संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा १६८ को उपधारा ९१० बमोजिम सरकार गठन गर्न प्रदेश सभाका बहुमत सदस्यको हस्ताक्षरसहित पोखरेलले प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए।

उता लुम्बिनी प्रदेशमा शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएसंगै नेकपा एमालेका १ जना सांसदले आफ्नो पदबाट राजीनामा दिएका छन् भने अरु २ जनाले साथ छाडेका छन् । 
कपिलवस्तु क्षेत्र नम्बर १ ९क० बाट निर्वाचित दूगनारायण पाण्डेय राजीनामा दिएका छन् भने कपिलवस्तु–२ ९२० का धर्म बहादुर लाल श्रीवास्तव र पश्चिम नवलपरासी ९२० का अजय शाहीले मुख्यमन्त्री पोखरेललाई छोडेर विपक्षी गठबन्धनतिर लागेर हस्ताक्षर गरेका छन् । उनीहरुको हस्ताक्षर लगेर अहिले माओवादी , नेपाली कांग्रेसका सांसदहरुको टोली प्रदेश प्रमुखको कार्यालयमा पुगेको छ । आजै  विमला ओली पनि माओवादीतिर लागेकी थिइन् । तसर्थ पोखरेल थप संकटमा परेका छन् ।

प्रदेश प्रमुख धर्मनाथ प्रसाद साहले संविधानको धारा १६८ ९१० अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेपनि विपक्षी गठबन्धनले विरोध गरिरहेका छन् ।  नियुक्तिको विषयमा लिएर अहिले ४२ जना सासंदहरुले हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएको नेपाली काँग्रेसका  प्रमुख सचेतक फखरुद्ध खानले बताए । उनले प्रदेश प्रमुखले विधि र विधान बसेर काम गर्नु पर्ने र पोखरेलको पुनर्नियुक्ति बदर गर्नुपर्ने माग रहेको बताए । 

Comment As:

Comment (0)