ओझेल भित्रका सचेतना अभियान
No icon

अाइतबार काेराेनाका ७२११ जना संक्रमित थपिए, थप २७ जनाकाे मृत्यु

वैशाख १९, अाइतबार।पछिल्लाे २४ घण्टामा देशभर काेराेनाका ७ हजार २११ जना संक्रमित थपिएका छन्। याे संख्या कोरोना माहामारीको दोस्रो कहर सुरु भएपछिकै सबै भन्दा धेरै हाे।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १७ हजार ७७० नमुना परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संख्या नेपालमा अहिले सम्मकै उच्च हो ।

यससँगै देशभर सक्रिय संक्रमितको संख्या ४८ हजार ७११ पुगेको छ । जसमध्ये तीन हजार ५३० जना संस्थागत आइसोलेसनमा छन् । ४५ हजार १८१ जना होम आइसोलेसनमा रहेको छ । उपचाररत संक्रमितमध्ये ४७७ जना आईसीयूमा छन् ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप २७ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ३३३५ पुगेको छ ।

देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४८ हजार ७११ पुगेको छ । जसमध्ये तीन हजार ५३० जना संस्थागत आइसोलेसनमा छन् । ४५ हजार १८१ जना होम आइसोलेसनमा रहेको छ । उपचाररत संक्रमितमध्ये ४७७ जना आईसीयूमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १६१२ जना कोरोना भाइरस संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । यससँगै संक्रमितमुक्त हुनेहरुको संख्या २ लाख ८३ हजार ९९४ पुगेको छ ।

Comment As:

Comment (0)