ओझेल भित्रका सचेतना अभियान
No icon

साेमबार काेराेनाका ७,४४८ जना संक्रमित थपिए, थप ३७ जनाकाे मृत्यु

बैशाख २०, साेमबार। पछिल्लो २४ घण्टामा देशभरमा थप सात हजार ४४८ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जनाकारी अनुसार १६ हजार ६५८ जनामा पीसीआर परीक्षण गर्दा सात हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार ४४८ जनामा संक्रमण पुष्टि भएको हो । याेसँगै हालसम्म कोरोना भाइरस संक्रमितको संख्या तीन लाख ४३ हजार ४१८ पुगेको छ । जसमध्ये ५४ हजार ४१ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये ५० हजार १७२ जना होम आइसोलेसनमा र तीन हजार ८६९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २०२१ रहेको छ । उपचाररत संक्रमितमध्ये ५७८ जना आईसीयूमा र १४२ जना भेन्टिलेटरमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा दुई हजार ९२२, भक्तपुरमा २२२ र ललितपुरमा ५२२ जना कोरोना संक्रमित भेटिएका छन् । तीमध्ये एक हजार १८१ जना अस्पतालमा उपचाररत छन् । जसमध्ये १७१ जना आईसीयूमा र ५६ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ३७ जनाको मृत्यु भएको छ । याेसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको कुल संख्या तीन हजार ३६२ पुगेको छ ।

Comment As:

Comment (0)