ओझेल भित्रका सचेतना अभियान
No icon

अाइतबार काेराेनाका थप ७३१६ जना संक्रमित थपिए, थप १४५ जनाकाे मृत्यु

जेठ २, अाइतबार। आइतबार पनि कोरोना संक्रमण हुने र मृत्यु हुनेको संख्या केही घटेको छ ।

पछिल्लो २४ घण्टामा देशभरमा थप ७ हजार ३१६ जना काेराेना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्याले दिएकाे जानकारी अनुसार १९ हजार ६३९ पीसीआर परीक्षण गर्दा ७३१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै, ३४४ एन्टीजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको छ । बिहीबार ६ हजार ६४८ जना संक्रमित निको भएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा १४५ जना काेराेना संक्रमितकाे मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख १० हजार २६३ जना रहेको मन्त्रालयले जनाएको छ ।

Comment As:

Comment (0)