ओझेल भित्रका सचेतना अभियान
No icon

शोक विज्ञप्ति

जेठ ३, साेमबार। नेपाल पत्रकार महासंघ दाङ शाखाका सदस्य लक्ष्मण बस्नेतको कोरोना संक्रमणका कारण ३२ वर्षको अल्पायुमै भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ,लुम्बिनी प्रदेश समिति स्तब्ध भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि रुपन्देहीको भैरहवास्थित युनिभर्सल मेडिकल कलेलमा उपचाररत बस्नेतको आज सोमबार दिउँसो निधन भएको हो । एक दिन अघि मात्रै पनि उहांका पिताको सोहि अस्पतालमा कोरोना संक्रमणकै कारण निधन भएको थियो । स्वर्गीय बस्नेतका श्रीमती, एक छोरा र एक छोरी छन् । दाङको बबई गाउँपालिका–४ निवासी पत्रकार बस्नेत एक दशकदेखि दाङमा रही पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो । दाङको रेडियो हापुरेमा स्टेसन मेनेजरका रुपमा काम गरेका बस्नेत पछिल्लो समय सोही रेडियोको सञ्चालक समिति सदस्य हुनुहुन्थ्यो । उहाँको निधनले लुम्बिनी प्रदेशले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको महसुस भएको छ । महासंघ प्रदेश समिति स्वर्गीय पत्रकार बस्नेतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछौं ।
 कोरोनाकै कारण हाम्रो प्रदेशमा ३ जना पत्रकारको निधन भएको छ भने एक सय भन्दा वढि पत्रकार संक्रमित भएका छन् ।
महासचिवः बिक्रम खड्का
नेपाल पत्रकार महासघ लुम्बिनी प्रदेश समिति

Comment As:

Comment (0)