ओझेल भित्रका सचेतना अभियान
No icon

साेमबार काेराेनाका थप ९२४७ जना संक्रमित थपिए, थप २१४ जनाकाे मृत्यु

जेठ ३, साेेमबार। दुई दिनसम्म कोरोना संक्रमितको र मृतकको संख्या केही घटे पनि साेमबार फेरि बढेको छ । मंगलबार देशभर कोरोना संक्रमित हुनेको संख्या ९ हजार कटेको छ भने मृत्यु हुनेको संख्या पनि २०० नाघेको छ ।

स्वास्थ्य मन्त्रालयले साेमबार साँझ अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार ९ हजार २४७ जना नयाँ संक्रमित थपिएका छन् । २२ हजार ८७ जनामा परीक्षण गर्दा साे संख्यामा संक्रमित थपिएका हुन् ।

साेमबार कोरोना संक्रमणबाट निको हुनेको संख्या ५ हजार ७६७ रहेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१४ पुगेको छ । यससँगै हालसम्म ५ हजार २१५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Comment As:

Comment (0)