ओझेल भित्रका सचेतना अभियान
No icon

साेमबार काेराेनाका थपिए ४४७२ जना संक्रमित, थप ९घ जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा देशभरमा काराेना भाइरसका थप ४४७२ जना नयाँ संक्रमित थपिएका छन् भने थप ९२ जनाकाे मृत्यु भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन विधिबाट ५ हजार ९०१ जनाको परीक्षण गर्दा ११०२ जनामा संक्रमण पुष्टि भएको छ भने पीसीआर विधिबाट १२ हजार २ जनाको परीक्षण गर्दा ३ हजार ३७० जनामा संक्रमण पुष्टि भएको छ। 

कोरोनाभाइरस संक्रमित भन्दा निको हुने दर धेरै रहेको छ । पछिल्लो समय कोरोना संक्रमित भन्दा निको हुने दर धेरै हुँदै आएको सन्दर्भमा सोमबार पनि सोही तथ्यांक आएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६९५१ जना संक्रमण मुक्त भएका छन्। हालसम्म कोरोना निको हुनेको कुल संख्या ४ लाख ९७ हजार ९६० पुगेको छ।

यस्तै मृतकको संख्या ७ हजार ९९० पुगेको छ । अाज मात्र ९२ जनाले ज्यान गुमाएका छन् ।

यससँगै देशभर कुल कोरोना संक्रमित पीसीआरतर्फ कुल संख्या ५ लाख ९१ हजार ४९४ पुगेका छन् । भने एन्टिजेनतर्फ  १४ हजार ६६१ जना पुगेका छन् । 

 

Comment As:

Comment (0)