ओझेल भित्रका सचेतना अभियान
No icon

गएराति जाेर्डनसँग भएकाे खेलमा नेपाल ३-० ले पराजित

सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एशिया कपको संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । गए राति भएको खेलमा नेपाल जोर्डनसँग ३–० गोलअन्तरले पराजित भएको हो ।

नेपाली खेलाडीमाथि शुरुआतदेखि नै जोर्डनको टोली हावी भएको थियो । जोर्डनले पहिलो हाफमा एक गोल तथा दोस्रो हाफमा दुई गोल गर्न पुग्यो । जोर्डनका लागि बहा फैजलले दुई तथा यजान अल अरबीले एक गोल गर्नुभयो । फैजलले पहिलो गोल पेनाल्टीमार्फत र दोस्रो गोल फ्रिकिकमार्फत गरेका थिए भने यजानकाे यो पहिलो अन्तर्राष्ट्रिय गोल हो ।

कुवेत सिटी रङ्गशालामा जोर्डनले खेलको १६औँ मिनेटमा गोलको अवसर पाएको थियो । यस्तै खेलको २३ औँ मिनेटमा रोहित चन्दले डी बक्समा फल गरेपछि जोर्डनले पेनाल्टी पाएको थियो । जोर्डनका बाहा फैजल सेइफले पेनाल्टीमार्फत गोल गरे । नेपाली टिममा युवा खेलाडीको बाहुल्य रहेको थियो । इराक र चाइनिज ताइपेईविरुद्धको खेलमा बेञ्चमै रहेनुभएका विकास खवास जोर्डनविरुद्धको शुरुवाती ११ खेलाडीमै पर्नुभएको थियो । खेलको २९औँ मिनेटमा घाइते भएपछि उनी मैदानबाट बाहिरिए। उनको स्थानमा सुनिल बल मैदान प्रवेश गरे । 

 दोस्रो हाफमा जोर्डनले खेलको ४८औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनायो । खेलको ५८औँ मिनेटमा मनीष डाँगीले मौका पाए पनि गोल गर्न सके। खेलको ६७औँ मिनेटमा अल अरबीले गोल गर्दै नेपाललाई ३–० ले पछि पारे । जोर्डनले गोलका लागि कयौं अवसर प्राप्त गरे पनि नेपाली रक्षापंक्ति र गोलकिपर किरण चेम्जोङले विफल तुल्याइदिएका थिए । नेपालले अब बिहीबार अस्ट्रेलियासँग खेल्नेछ ।  

जितसँगै जोर्डन समूह बीको दोस्रो स्थानमा उक्लिएको छ । उसको १३ अङ्क रहेको छ । तेस्रो स्थानमा रहेको कुवेतको १० अङ्क छ । समूह ‘बी’ मा रहेको नेपालले ७ खेलबाट दुई जितका साथ ६ अंक हासिल गरेको छ ।

Comment As:

Comment (0)