ओझेल भित्रका सचेतना अभियान
No icon

मंगलबार काेराेनाका थपिए ५१५३ जना संक्रमित, थप १०८ जनाकाे मृत्यु

पछिल्लो २४ घन्टामा देशभरमा काेराेनाका थप ५१५३ जनामा संक्रमण पुष्टि तथा थप १०८ जनाकाे मृत्यु भएकाे छ।

स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ६५ वटा पिसीआर परीक्षणबाट ३८७० र ५६११ एन्टिजेन परीक्षणबाट १२८३ जनामा कोरोना पोजेटिभ देखिएको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टाको अधवधिमा मुलुकभरका विभिन्न अस्पताल र होम आइसोलेसनमा बसेका १०८ जना संक्रमितको निधन भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ८ हजार नाघेको छ। हालसम्म मुलुकभरमा ८०९८ जनाको मृत्यु भइसकेको छ।

यस्तै ६५७० जना कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ। यो सँगै ५ लाख ४ हजार ५३० जना संक्रमण मुक्त भइसकेका छन्। मन्त्रालयका अनुसार हाल ९० हजार ८ सय ३४ जना सक्रिय संक्रमित विभिन्न आइसोलेसनमा उपचाररत छन्।

Comment As:

Comment (0)