ओझेल भित्रका सचेतना अभियान
No icon

प्राधिकरणकम अनुसार सबै खतराको विश्लेषण गरी त्यसैअनुरूप तयारी गर्दै

झन्डै चार महिनाकाे लामो बर्खायाम अब नेपाल भित्रिदैँ

अबकाे १,२ दिन भित्रमै नेपाल झन्डै चार महिना लामो बर्खा याम लाग्ने बारे मौसमविद्हरूले जानकारी दिएका छन्। मनसुनी प्रणाली बङ्गालको खाडीसम्म आइसकेको र त्यो पूर्वी क्षेत्र हुँदै देशभरि फैलने उनीहरू बताउँछन्।

यसपालि मनसुन भनिने यो याममा सामान्यता पर्ने १,५०० मिलिमिटरभन्दा धेरै पानी पर्ने प्रक्षेपण गरिएको छ।

सामान्यतया नेपालमा मनसुन जुन १० मा भित्रिएर सेप्टेम्बर २३ मा बाहिरिने गर्थ्यो। तर पछिल्ला वर्षहरूमा यसको चरित्र बदलिएको छ। यसपालि पनि नेपालमा मनसुन जुन १३ सम्म भित्रि अक्टोबर २ मा बाहिरिन सक्ने अनुमान लगाइएकाे छ।

दक्षिण एशियाली मौसमविद्हरूले निकाल्ने साउथ एशियन क्लाइमेट आउटलुकले समेत यसपालि नेपाललगायत क्षेत्रमा औसतभन्दा बेसी वर्षा हुन्छ भन्ने प्रक्षेपण गरेको छ। तर कुन स्थानमा कति पानी पर्ला अनि धेरै पानी थोरै समयमा पर्ला भन्ने जस्ता विषय महत्त्वपूर्ण हुने विज्ञहरू बताउँछन्।

"पहाडी भूभागमा पहिरो अनि अन्यत्र बाढीबारे सचेत हुनुपर्छ। निरन्तर झरी पर्ने र अनि केही समय रोकिने मनसुनको विशेषता हो। यो मौसममा खासगरी रातिको समय धेरै झरी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद वरुण पौडेलले बताए। पोखरेलका अनुसार प्राधिकरणले यी सबै खतराको विश्लेषण गरेर त्यसैअनुरूप तयारी थालेको छ।

उनका अनुसार ३०-३० वर्षमा सरदर वर्षा अवधिका आँकडाहरू तुलना गरेर मनसुन अवधिमा हेरफेर गरिन्छ।

 

Comment As:

Comment (0)