ओझेल भित्रका सचेतना अभियान
No icon

सवांद केन्द्रहरुले सञ्चालन मुठ्ठी दान कार्यक्रमबाट सकंलित खाद्यान्न गरिब तथा अति विपन्न परिवारलाई हस्तान्तरण 

महेश यादव, जेष्ठ ३०

पश्चिम नवलपरासीको सरावल गाउपालिकामा एविसि नेपालद्धारा सञ्चालित सवांद केन्द्रहरुले सञ्चालन गरेका मुठ्ठी दान कार्यक्रमबाट सकंलित खाद्यान्नलाई गरिब तथा अति विपन्न परिवारहरुलाई हन्तान्तरण गरेका छन् ।

कोरोना भाइरस कोभिड १९ को दोस्रो भेरियन्टरले आक्रान्त मच्चाइरहदा सरावल गाउपालिकामा बसोबास गर्ने गरिब तथा अति विपन्न परिवारलाई परेको प्रभावको मध्य नजर गर्दै सरावल गउापालिकाका १५ वटा सवांद केन्द्रहरुले पालिका भित्र मुठि दान कार्यक्रम सञ्चालन गरेका थिए । सवांद केन्द्रका किशोर किशोरी तथा एनिमेटरहरुले मुठिदान कार्यक्रमबाट संकलित खाद्यान्नलाई आइतबार एक कार्यक्रमका बीच सरावल गाउपालिकाका गरिब तथा विपन्न परिवार गरि १० घरपरिवारहरुलाई वितरण गरेका हुन् ।

सरावल गाउपालिकाका अध्यक्ष राधेश्याम चौधरी तथा गाउपालकाकी उपाध्यक्ष उत्तमा राय, सवांदका किशोर किशोरी लगाएतको उपस्थिती रहेको कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले एबिसि नेपाल र सवांद केन्द्रका किशोर किशोरीहरुले महामारीको अवस्थामा थालेको अभियानले सरावल गाउँपालिका भित्रका गरिब तथा अति विपन्न परिवारलाई थोरै भएपनि राहत महसुस भएको बताउदै आगामी दिनमा पनि यहाहरुबाट सरावल गाउपालिकाले साथ र सहयोगको अपेक्षा गरेको र यहाहरुले गर्ने हरेक समाजिक कार्यमा सदैव अगाडी रहने प्रतिबद्धता जनाउनुभएको थियो ।

कार्यक्रममा केन्द्रका अभियन्ताहरुले कोरोनाको दोस्रो चरणको नयाँ भेरियन्टले गर्दा मानिसको जनजिवन लाई असर परेको र यस विषम परिस्थितिमा दैनिक ज्यालादारि गरि जिवनयापन गर्नमा कठिनाई भएको अवस्थालाई मध्य नजर गर्दै यस संवाद केन्द्रका किशोर किशोरीहरुले आफ्नो ज्यानलार्य जोखममा पार्दै स्वस्थ्य सतर्कता अपनाई सञ्चालन गरेको मुठ्ठी दान कार्यक्रमबाट संकलित खाद्यान्न समाग्रिहरु पालिका भित्रका गरिव तथा विपन्न घरपरिवारलाई लक्षित गरि एक छाक टार्न सहयोग पगोस भनि गरेको सहयोग सर्हानिय भएको बताएका छन् । सवाद केन्द्रले संकलन गरेको खाधान्नबाट प्रती घर परिवारलाई ७ किलो चामल, २ किलो आलु, ११ किलो गहु, १ किलो नुन, १ किलो भुजा लगायतका राहत स्वरुप सहयोग गरिएको एविसि नेपाली सुपरभाइजर साइदा निशा पठानले जानकारी दिनुभएको छ । 

Comment As:

Comment (0)