ओझेल भित्रका सचेतना अभियान
No icon

सैनामैना नगरपालिकामा मोटरसाइकल दुर्घटना, एक जना घाइते

रुपन्देहीको सैनामैनामा मोटरसाइकल दुर्घटनामा परि एक जना घाइते भएका छन् । केही बेर अघि पुर्व पश्चिम राजमार्ग अन्र्तगत सैनामैना वडा न.९ माथिल्लो बांसगढीमा दुर्घटनामा परि सोही ठाउँका वर्ष ६०का ज्ञान बहादुर पुन घाइते भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक दिवाकर रिजालले जानकारी दिए ।

घाइते पुनको हिराचन्द्र मेडिकल सालझण्डीमा उपचार भइरहेको छ । सालझण्डीबाट बुटवल तर्फ आउदै गरेको लु४त२३०६ नम्बरको ट्याक्टरलाई सोही दिशाबाट आइरहेको लु ३७ प ७७५८ नम्बरको मोटरसाइकरले ठक्कर दिएको प्रहरी निरिक्षक रिजालको भनाई छ ।

अनियन्त्रीत भई मोटरसाइकल ट्याक्टरमा ठोकिन पुगेको प्रहरीले बताएको छ । ट्याक्टरलाई नियन्त्रणमा घटना सम्बन्धी थप अनुसन्धान अघि बढेको सालझण्डी प्रहरीले जनाएको छ ।

Comment As:

Comment (0)