ओझेल भित्रका सचेतना अभियान
No icon

अाइतबार काेराेनाका थपिए २४०७ जना संक्रमित, थप ४६ जनाकाे मृत्यु

पछिल्लाे २४ घण्टामा देशभरमा काेराेना भाइरसका थप  २ हजार ४०७ जनामा संक्रमण देखिएको छ। भने थप ४६ जनाकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएकाे छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४०६ जनाको नमुना परीक्षण गरिएको थियो। जसमा साे संख्यामा संक्रमण पुष्टि भएका छन्।

देशभर हाल ६८ हजार ९५५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ३ हजार ९९४ जना कोरोनाबाट निको भएका छन्।

हालसम्म ५ लाख ३१ हजार १०५ जना कोरोनाबाट निको भएका छन्। हालसम्म पिसिआर र एन्टिजेन गरी ३३ लाख २२ हजार ५५४ जनाको नमुना परीक्षण भएको छ। जसमध्ये पिसिआरबाट ३२ लाख १४ हजार ७२५ जनाको परीक्षण भएको हो। भने हालसम्म ८ हजार ४१२ जनाको मृत्यु भएको छ। 

Comment As:

Comment (0)