ओझेल भित्रका सचेतना अभियान
No icon

नेपाल रेडक्रस सोसाइटी,दुधराक्ष उपसाखा सैनामैनाले आफ्नो कार्यक्षेत्र भित्रका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री वितरण

रुपन्देही सैनामैनामा रहेको नेपाल रेडक्रस सोसाइटी दुधराक्ष उपसाखा ले सैनामैना वडा नम्बर ६ देखि ११ वाड भित्र का स्वास्थ्य चौकी लाई स्वास्थ्य सामाग्री वितरण गरेको छ।

कोभिड १९ को प्रभावले सबै भन्दा बढी समस्या स्वास्थ्य क्रमिलाइ परेको भन्दै स्वास्थ्य संस्था मा काम गर्ने स्वास्थ्य क्रमीलाई स्वास्थ्य सामाग्री वितरण गरिएको संस्थाका सचीव बिष्णु अर्यालले जानकारी दिनुभयो। दुधराक्ष रेडक्रस सोसाइटी उपसाखाले यो अगाडि नि धेरै काम गर्दै आइरहेको र अहिलेको अबस्थामा विश्व नै समस्या परेको समयमा केही राहत होस् भन्ने उदेश्यले स्वास्थ्य सामाग्री वितरण गरिएको र थप जिल्ला रेडक्रसले उपलब्ध गराएमा दुधराक्ष भित्र कार्यक्षेत्र भएका स्वास्थ्य चौकी सबैलाइ स्वास्थ्य सामाग्री उपलब्ध भएमा वितरण गरिने संस्थाका अध्यक्ष रिम बहादुर श्रेष्ठले जानकारी दिनुभयो।

कार्यक्रममा प्रमुख अतिथि श्री सिद्धार्थ मेमोरियल एकेडेमी सैनामैना ८ कलौनी का प्राचार्य भोजराज पौडेलले कोभिड को समय धेरै शिक्षा क्षेत्र र स्वास्थ्य लगाएत धेरै कुरामा कोभिड १९ ले समस्या पारेको भन्दै सबै होशियार हुनुपर्ने बताउनु भएको थियोे। उहाँले स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा स्वास्थ्य क्षेत्रमा खटिने सबै स्वास्थ्य क्रमीहरुलाइ धन्यवाद दिदै आत्मबल बढाएर स्वास्थ्य क्षेत्रमा जोखिम मोलेर काम गर्नुपर्ने यो अबस्था आएको बताउनु भयो।

कार्यक्रममा जिल्ला कमिटी सदस्य दिनेश पन्थी दुधराक्ष उपसाखा कि संचालक समिति सदस्य जमुना जिसि अधिकारी सञ्चारक्रमी लगाएतको उपस्तिथिमा स्वास्थ्य सामाग्री वितरण गरिएको थियोे

Comment As:

Comment (0)