ओझेल भित्रका सचेतना अभियान
No icon

रूपन्दहीमा थप ७ दिन थपियाे निषेधाज्ञा

लुम्बिनी प्रदेशको रुपन्देहीमा जारी निषेधाज्ञा असार ७ गतेसम्म लम्बिएको छ ।  जिल्लामा जारी निषेधाज्ञालाई केही खुकुलो गरी असार ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाको अवधी थपिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले जानकारी दिनुभयो।

थापाका अनुसार रुपन्देहीमा केही कोरोना संक्रमित कम भएनी महामारी उतिकै देखिएकोले असार ७ गते सम्म एक हप्ताको लागि निषेधाज्ञा थपिएको उहाँले जानकारी दिनुभयो। साथै उहाँ ले ‘आर्थिक गतिबिधीलाई केही नियमित गर्न पाउने गरी निषेधाज्ञा थप गरिएको छ , सूचना अधिकारी थापाले भने अब बिहानमा तरकारी, माछा मासुका पसल खोल्न पाइन्छ ।’ यस्तै अन्य पसलहरु सुरक्षाका मापदण्ड पालना गरी बिहान ११ बजेदेखि ४ बजेसम्म खोल्न पाइने थापाले जानकारी दिनुभयो।

होटेल रेस्टुरेन्ट लगाए भिडभाड गर्नको लागि भने अनुमति नदिएको उहाँको भनाइ रहेको छ।

Comment As:

Comment (0)