ओझेल भित्रका सचेतना अभियान
No icon

फोनिजको अध्यक्षमा  गजुरधन राई निर्विराेध


चैत्र ८,नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को सातौं संघिय महाधिवेशनबाट अध्यक्षमा गजुरधन राई  निर्विरोध निर्वाचित भएका छन् । चितवनको सौराहामा चैत्र ६,७,८ मा सम्पन्न  महाधिवेशनले फोनिजको वरिष्ठ उपाध्यक्षमा लक्की चौधरी, संस्थागत उपाध्यक्षमा जगत दोङ, महिला उपाध्यक्षमा सरु राना, महासचिवमा मिलन लिम्बु, संस्थागत सचिवमा छेटु शेर्पा, अल्पसंख्यक सचिवमा यमन राईडोने दनुवार, कोषाध्यक्षमा चित्रबहादुर९लाला०गुरुङ, सहकोषाध्यक्षमा सन्चु ब्लोनलाई निर्विरोध निर्वाचित गरेको छ।
 त्यसैगरी प्रदेश इञ्चार्जहरुमा प्रदेश नं।१ भक्तशेर राई, मधेश प्रदेशमा निरज पिठाकोटे, लुम्बिनीमा यमबहादुर गाहा९मिलन०, कर्णाली प्रदेशमा बुद्धिमान पुन मगर र सुदुरपश्चिम इञ्चार्जमा भिमबहादुर चौधरी निर्विरोध निर्वाचित भएकाछन्। यसरी नै संस्थागत रुपमा संघीय सदस्य निर्विरोध निर्वाचित हुनेहरुमा देवेन्द्र खापुङ लिम्बु, निम्लेकी शेर्पा,सुनिल महर्जन, सन्तकुमार चौधरी, चित्रबहादुर गुरुङ, नेत्र तामाङ, प्रकाश राई रहेका छन्। सदस्य महिलाहरुमा सुनिता महर्जन, स्मृति रोका मगर, रचना श्रेष्ठ, सजता लिम्बु, मञ्जुकुमारी श्रेष्ठ, बिना राई, रोशनी कवर, अल्पसंख्यकमा उद्धव चेपाङ र बिदुर खवास, लेखा समिति सदस्यमा उर्मिला गम्बा रहेकाछन्। सहमति जुट्न नसक्दा केही पदमा भने निर्वाचन सम्पन्न भएको छ। सहमतिको नाममा समय लम्बिदै गएकाले ४०० प्रतिनीधि मध्ये अधिकांश घर फर्किसकेको अवस्थामा करिब १३८ले मात्रै निर्वाचनमा सहभागी भएकोमा उपाध्यक्ष खुलामा अमरध्वज लामाले ११० मत प्राप्त गर्दै बिजयी बने भने मिरा राजभण्डारी अमात्यले २७ मत मात्र प्राप्त गरिन्। यसरी नै उपाध्यक्ष९अल्पसंख्यक० पदमा कमन देवानले ७८ मत प्राप्त गर्दै बिजयी र प्रतिस्पर्धी टेकराज थामीले ४१ मतमा चित्त बुझाउनुपर्यो। यस्तै गरी खुल्ला सचिव९३०मा समिर बलामी ६६, विश्वराज तामाङ ६१ र बुद्धबीर बाहिङ राईले ५९ मत प्राप्त गर्दै बिजयी भए भने विजयबोध लावती, देवबहादुर पचभैया पराजित भए। यसरी नै सचिव९महिला०मा अञ्जना शिल्पकार ७४ मत प्राप्त गर्दै विजयी भइन भने सरिता श्रेष्ठले ४२ र बिनुमाया राईले २६ मत प्राप्त गरिन्। बागमती प्रदेशको इञ्चार्जका लागि भएको मतदानमा पेमा लामाले २८ मत प्राप्त गर्दै जित हासिल गरे भने सुरेन्द्रभक्त श्रेष्ठले २६ मतमा चित्त बुझाउनु पर्यो। सदस्य९खुल्ला०मा बुद्ध योञ्जन लामा ६९, लोकेश लिवाङ ६३, कमलसिंह थारु ६३, गजेन्द्र राई ६१ र हर्कबहादुर घर्ती मगर ५४ मतका साथ संघीय समिति सदस्य बने। यसरी नै निर्वाचन मार्फत नै लेखा समितिको संयोजकमा चन्द्र पन्द्राक लिम्बु ६९ मत प्राप्त गरी विजयी बने भने सुन्दर तरामु, पुर्णभक्त दुवाल, रामचन्द्र कुश्मी पराजित भए। लेखा समितिको सदस्यमा ५३ मत प्राप्त गर्दै भकेन्द्र लावती निर्वाचित भए भने प्रविन कुमार गाहा र रत्नकाजी महर्जन पराजित भएको निर्वाचन समितिले जनाएको छ।
यसै बिच गण्डकी प्रदेशका प्रतिनिधिहरु र अयेजक रहेके चितवन जिल्लाका प्रतिनिधिले पनि निर्वाचन बहिष्कार गरेका छन्। सहमतिका नाममा समय  लम्ब्याउदै गइ राजनीतिक पत्रकार संगठनका नेताहरुसँग सहमतिका नाममा भागबण्डा मिलाउन  गण्डकी प्रदेशका उम्मेदवारहरुलाई नाम फिर्ता लिन अनावश्यक दवाव दिईरहेको र पदाधिकारीमा सहभागी हुन बञ्चित गराउन खोजेको भन्दै गण्डकीले निर्वाचन प्रकृयाबाट सामुहिक रुपमा नाम फिर्ता लिएको हो। 
विगतदेखि  सातौं महाधिवेशनमा भुगोलको समावेशितालाई सम्मान नगरिएको भन्दै निर्विरोध भईसकेका प्रदेश इञ्चार्ज एम बी आस्था, सदस्य९महिला० कमला रानाले नाम फिर्ता लिए भने उम्मेदवारहरु सचिव (खुल्ला) दिल सिरिश, सचिव९अल्पसंख्यक० मिला दराई र सदस्य (खुल्ला) इतराजआशिफ गुरुङले सामुहिक रुपमा नाम फिर्ता लिएका हुन्। 

Comment As:

Comment (0)