होलि पर्व शान्ता वातावरण मनाउन रुपन्देही प्रहरी को आह्वान
रुपन्देही फागु अर्थात् होलीलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित बनाउन रुपन्देही प्रहरीले सबै आम नागरिक संग आग्रह गरेको छ ।जिल्ला प्रहरी परिसर रुपन्देहीले सभ्य एवम् सुरक्षित तवरले होली पर्व मनाउन सबैसँग अनुरोध गरेको हो । प्रहरीले आत्मीयरूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न, होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न रुपन्देही प्रहरी d.s.p तथा प्रवक्ता स्यामु अर्याल जानकारी दिनु भयो ।कसैको इच्छाविपरीत रङ, लोला मोबिल, मोसो, केमिकल र फोहरपानी प्रयोग गरेमा कानुनबमोजिम कारबाही गर्ने प्रहरीले प्रवक्ता अर्यालले बताउनु भयो । यस्तै महँगा गरगहना लगाएर होली नखेल्न, ट्राफिक नियमको पूर्ण पालना गर्न, जाँडरक्सी खाएर गाडी नचलाउन, अशक्त, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पर्यटकलाई कुनै पनि प्रकारको दुर्व्यवहार नगर्न पनि रुपन्देही प्रहरी प्रवक्ता स्यामु अर्यालले जानकारी दिनु भयो।।रेलिङ नभएको छत तथा सडकमा होली नखेल्न, भिडभाड हुने ठाउँमा होली नखेल्न, कुनै पनि आपराधिक गतिविधि हुन लागेको वा भएको थाहा भएमा तत्काल नेपाल प्रहरीको हटलाइन नं १०० मा खबर गर्न प्रहरीले अनुरोध गरेको छ । यसवर्ष पर्सि सोमवार हिमाली र पहाडी जिल्लामा तथा मङ्गलवार तराईका जिल्लामा फागु अर्थात् होली पर्व मनाइँदैछ रुपन्देहीका सबै ठाउँमा होलि पर्वलाई लक्ष्यित गरेर सुरक्षा सहित गस्ती बढाईको बताईएको छ यता ईलाका प्रहरी कार्यलय सालझन्डिर ईलाका प्रहरी कार्यलयपनि होलि पर्व को आफ्नो इच्छा अनुसार मनाउन आग्रह गर्दै गलत क्रियाकलाप गरेर प्रहरीले आवश्यकता अनुसार कारबाही गर्ने बताएको छ ।