ओझेल भित्रका सचेतना अभियान
No icon

पाल्पाका शताब्दी पुरुष तहल सिँह कवँरलाई एम.जी. क्लबको सम्मान

बुटवल ११ एम.जी. क्लबले पाल्पा जिल्ला वगनासकाली गाउँपालिका ३ चौपारीका शताब्दी पुरुष तहल सिँह कवँर मगरलाई १०५ वर्षको जन्मदिनको शुभ अवशरमा दोसल्ला ओढाएर सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा क्लबका अध्यक्ष राम बहादुर सिंजालीको अध्यक्षता तथा तहलसिंह कवँरका सुपुत्र श्री मिन बहादुर कवँरको प्रमुख आथित्यता रहेको थियो । सो जन्म दिनको अवसरमा एम.जी. क्लबका पदाधिकारीहरु पाल्पा बगनासकाली ३  चौपारी  टुटुङ कुवँरकै निवासमा पुगेर केक काटी जन्मदिनको शुभकामना तथा सुस्वास्थ्य दीर्घायुको कामना व्यक्त गरेका थिए । कार्यक्रममा तहल सिंह कवँरको जीवनीबारे क्लबका महासचिव निल बहादुर कवँरले छोटो जानकारी गराउँदै शताब्दी पुरुष तहल सिंह कवँर इ.सम्वत् 1940 मा भारतिय सेनामा भर्ती भएर लडाईको क्रममा थुप्रै देशहरु भारत, पाकिस्तान, इराक, इजिप्ट, लिविया, काहिरा, ट्युनिसिया, इटली, जर्मन जस्ता देशहरुसँगको लडाईमा होमिएका थिए साथै तहल सिंहको जीवनको विगत पल्टाउदै जादा उनी यस्ता थुप्रै अटुलनीय काम गरेको जिउँदो इतिहास, महान योद्धा शताब्दी पुरुष हुन् ।

उक्त कार्यक्रममा क्लबका अध्यक्ष लगायत अन्य अथितिहरुले बोल्दै तहल सिंह कवँरलाई जन्म दिनको शुभकामना साथै सुस्वास्थ्यको कामना गरेका थिए । साथै  कार्यक्रममा प्रमख अथिति तथा अथितिहरु लगायत क्लबका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

सो कार्यक्रममा स्वागत मन्तव्य क्लबका उपाध्यक्ष श्री ओम सारुले गरेका थिए भने, कार्यक्रम सञ्चालन क्लबका महासचिव श्री निल बहादुर कवँरले गरेका थिए ।   
 

Comment As:

Comment (0)